×

NEPAL TIMES UPDATES

Playing
जोगबनी नाका पार गर्न किन अनिवार्य भयो परिचयपत्र ?|| Nepal Times
May 10, 2026
Playing
कतार नजिक मालवाहक जहाजमा प्रोजेक्टाइल हम*ला, उर्जा संकट थप बढ्ने || Nepal Times
May 10, 2026
Playing
बालेनसँगको सम्बन्धदेखि सुकुम्बासीका प्रश्नसम्म रविले दिए सबैको जवाफ|| Nepal Times
May 10, 2026
Playing
संसारका समुद्र फेरि उम्लिन थाले, नयाँ रेकर्डको खतरा || Nepal Times
May 10, 2026
Playing
क्यानलाई कारवाही गर्न राखेपलाई मन्त्रालयको पत्र, कहाँ भयो गल्ती ? || Nepal Times
May 10, 2026
Playing
World News:गो*लीका*ण्डले अमेरिकामा ४४ हजारबढीको मृ*त्यु, दिल्लीमा आ*तंक*बादी ह*म*लाको ध*म्की
May 10, 2026
Playing
हर्कको कन्फिडेन्स, कोशीको मुख्यमन्त्री अहिले नै भागबण्डा || Nepal Times
May 10, 2026
Playing
Thalapathy vijay तमिलनाडुको मुख्यमन्त्री, झुटा वाचा नगर्ने वचन || Nepal Times
May 10, 2026
Playing
शपथको भोलिपल्टै ’बल्खु’ पुग्ने मनोज शर्माको विगत|| Nepal Times
May 10, 2026
Playing
बजेट निर्माणका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालन || Nepal Times
May 10, 2026

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

२३ बैशाख २०८३

२३ वैशाख , काठमाण्डौ।

इरानले न्यायोचित हुने अवस्थामा मात्रै अमेरिकासँग कुनै पनि सम्झौता गर्ने अडान लिएको छ । उसले इरानका लागि न्यायोचित नभएसम्म अमेरिकासँग कुनै किसिमको सम्झौता नगर्ने अडान चीनबाट सार्वजनिक गरेको हो । इरानका विदेशमन्त्री अब्बास अराघचीले चीनको राजधानी बेइजिङमा सबै पक्षका लागि न्यायोचित हुने अवस्थामा सम्झौता हुन सक्ने बताएका हुन् ।

Advertisement
Advertisement

अराघचीले बेइजिङसँगको वार्तामा इरानले आफ्ना अधिकार र हितहरूको पूर्ण रक्षा गर्ने अडान लिए । उनले स्पष्ट गर्दै भने, ‘इरान कुनै पनि दबाबमा सम्झौता स्वीकार गर्ने छैन । केवल दुवै पक्षका लागि उपयुक्त हुने सम्झौता मात्र स्वीकार गरिनेछ।’ स्ट्रेट अफ होर्मुजलाई लिएर अमेरिकासँग तनाव चुलिएका बेला इरानका विदेशमन्त्री र चिनियाँ विदेशमन्त्री वाङ यीबिच बेइजिङमा महत्त्वपूर्ण भेटवार्ता भएको हो ।

आगामी मे १४ र १५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच बेइजिङमा हुन लागेको शिखर सम्मेलनको ठीक एक हप्ताअघि बुधबार यो बैठक भएको हो । बैठकका क्रममा इरानी विदेशमन्त्री अरगाचीले चीन इरानको नजिकको मित्र भएको बताउँदै वर्तमान परिस्थितिमा दुई देशबिचको आपसी सहयोग झन् बलियो बन्ने विश्वास दिलाए।

इरानी समाचार एजेन्सी आईएसएनएका अनुसार इरान र अमेरिकाबिच जारी युद्ध अन्त्यका लागि हुने वार्ताको सन्दर्भमा अरगाचीले भने, ‘हामी वार्तामा आफ्नो वैध अधिकार र हितको रक्षा गर्न हरसम्भव प्रयास गर्नेछौँ। हामी केवल निष्पक्ष र बृहत् सम्झौता मात्र स्वीकार गर्छौँ।’ गत फेब्रुअरी २८ मा अमेरिका–इजरायल र इरानबिच युद्ध सुरु भएयता इरानी विदेशमन्त्रीको यो पहिलो चीन भ्रमण हो

युद्ध सुरु भएयता अरगाचीले चिनियाँ विदेशमन्त्री वाङसँग कम्तीमा तीन पटक टेलिफोनमा भने कुराकानी गरिसकेका थिए । अर्कातर्फ, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बेइजिङलाई इरानमाथि दबाब सिर्जना गर्न र होर्मुजमा लगाएको अवरोध हटाउन आग्रह गरेका छन् ।

यसैपनि अमेरिकाले इरानी तेल खरिद गरेको आरोपमा चिनियाँ कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ भने चीनले शनिबार मात्रै कडा जवाफ दिँदै आफ्ना कम्पनीहरूलाई अमेरिकी प्रतिबन्धहरू पालना नगर्न निर्देशन दिएको छ ।बेइजिङबाट अल जजिराकी पत्रकार कट्रिना यूका अनुसार अरगाची र वाङबिचको बैठकमा दुईवटा विषय प्रमुख एजेन्डा बनेका छन– युद्धविरामको निरन्तरता र होर्मुज जलमार्ग पुनः खुला गर्ने विषय ।

उनले भनेकी छिन्, ‘चीनले इरानी बन्दरगाहमा अमेरिकी नौसैनिक नाकाबन्दीको कडा आलोचना गर्दै यसलाई खतरनाक कदम भनेको छ । तर, पछिल्लो समय बेइजिङले यो महत्त्वपूर्ण जलमार्ग बन्द गर्ने इरानको निर्णयप्रति पनि असन्तुष्टि जनाउन थालेको छ।’ यस बैठकमा इरानले जलमार्ग बन्द गरिरहे चीनले उसलाई कस्तो प्रकारको समर्थन जारी राख्न सक्छ भन्नेबारे पनि छलफल भएको बताइएको छ ।

संयुक्त राष्ट्रसंघ जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा इरानलाई थप प्रतिबन्धहरूबाट जोगाउन चीनको समर्थन आवश्यक पर्नेछ । यस भ्रमणमार्फत इरानी विदेशमन्त्रीले चिनियाँ राष्ट्रपति सीले ट्रम्पसँग भेट्दा इरानको विषयमा के कस्ता कुराहरू टेबलमा राख्नेछन् र बेइजिङले वासिङ्टनलाई कुनै यस्तो सम्झौता त गर्नेछैन जसले तेहरानलाई अप्ठ्यारोमा पार्छ भन्नेबारे स्पष्टता खोजेका छन् ।

बदलामा चीनले पनि यो महत्त्वपूर्ण शिखर सम्मेलनअघि इरानले कुनै पनि उत्तेजक वा नाटकीय कदम नचाल्ने प्रतिबद्धता खोजेको छ । यसबीच चीनले इरान–अमेरिका तनावप्रति चिन्ता व्यक्त गर्दै तत्काल युद्ध रोक्न आवश्यक रहेको जनाएको छ । चीनको विदेश मन्त्रालयले दुवै देशबीचको द्वन्द्व चाँडो अन्त्य हुनु अत्यन्त आवश्यक छ ।

चीनले इरान र अमेरिकालाई अन्तर्राष्ट्रिय समुदायको अपिललाई ध्यान दिन पनि आग्रह गरेको छ । जसमा होर्मुज जलडमरू हुँदै जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न भनिएको छ । यस्तै चीनले आफू इरानको विश्वसनीय रणनीतिक साझेदार भएको पनि दोहो¥याएको छ । ऊर्जा र व्यापार क्षेत्रमा दुवै देशबीच लामो समयदेखि सहकार्य रहँदै आएको छ ।

यसैबीच मध्यपूर्वमा बढ्दो तनावबीच होर्मुज जलडमरूमा फ्रान्सेली कार्गो जहाजमाथि आक्रमण भएको खबर सार्वजनिक भएको छ । अमेरिकी सञ्चार संस्था सीएनएनका अनुसार फ्रान्सको शिपिङ कम्पनी सीएमए सीजीएमले आफ्नो एक जहाजमाथि आक्रमण भएको पुष्टि गरेको हो ।

कम्पनीका अनुसार ‘सान एन्तोनियो’ नामक जहाज मंगलबार होर्मुज हुँदै गइरहेका बेला मिसाइल वा ड्रोनबाट आक्रमण गरिएको थियो। आक्रमणका कारण जहाजमा क्षति पुगेको छ भने चालक दलका केही सदस्य घाइते भएका छन् । घाइतेहरूलाई सुरक्षित रूपमा उद्धार गरी उपचार सुरु गरिएको कम्पनीले जनाएको छ ।

अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि चुलिएको क्षेत्रीय तनावका कारण समुद्री मार्गमा जोखिम बढ्दै गएको देखिएको छ । बेलायतको समुद्री सुरक्षा एजेन्सी युकेएमटीओका अनुसार इरानसँगको द्वन्द्व सुरू भएयता जहाजमाथि आक्रमणका घटना निरन्तर बढिरहेका छन् ।

Advertisement
Advertisement

एजेन्सीका अनुसार फेब्रुअरी २८ यता कुल ४६ वटा घटना दर्ता भएका छन्, जसमा २६ वटा प्रत्यक्ष आक्रमण, १८ वटा शंकास्पद गतिविधि र २ वटा जहाज अपहरणका घटना समावेश छन्। यी घटना फारस खाडी, ओमान खाडी र होर्मुज जलडमरू आसपास क्षेत्रमा भएका हुन् ।

भर्खरको समाचार

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

हर्कको राजनीतिःआफ्नै दलको उपसभामुखविरुद्ध खेद जनाए

Screenshot 2026-05-08 152545

युएईमा क्षेप्यास्त्र र ड्रोन खतरा, नागरिकलाई गराइयो अलर्ट

UAE-FLAG-ILOE-scheme-1

संघीयताको जननी मधेशमै संघीयता धरापमा, जनमतको फोहोरी खेल

ck-raut_nwdI37ZBNo

चीनका दुई पूर्वरक्षामन्त्रीलाई सुनाइयो मृत्युदण्ड

Screenshot 2026-05-08 144358

सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक पक्राउ

Screenshot 2026-05-08 143549

स्ट्रेट अफ होर्मुजमा अमेरिका र इरानबीच भिषण भिडन्त

HORMUZ

प्रधानन्यायाधीश सिफारिसमा प्रश्न उठाउनेलाई बालेनले दिए जवाफ

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top