इरानमा फेरि गर्जिए अमेरिकी–साउदी बम, ट्रम्प भन्छन्–‘अब हाम्रो पालो’

१४ साउन , काठमाण्डौ ।

Advertisement

अमेरिका र इरानबीच बुधबारदेखि फेरि हानाहान सुरु भएको छ । र यो हानाहान विगतको भन्दापनि भीषण बन्दै गएको छ । इरानले अमेरिकी सेना तथा क्षेत्रीय प्रतिरक्षा प्रणालीलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेपछि दुई देशबिच पुनः शत्रुतापूर्ण गतिविधि सुरु भएको छ ।

इरानले अमेरिकी सेनामाथि गरेको ‘सरप्राइज’ आक्रमणपछि अमेरिका र साउदी अरबले पनि इरानसँग सम्बन्धित सैन्य लक्ष्यहरूमा शक्तिशाली जवाफी कारबाही सुरु गरेका छन् । अमेरिकी सेन्ट्रल कमाण्डले इरानसँग सम्बन्धित सैन्य संरचना तथा इराकमा रहेका इरान समर्थित मिलिसिया समूहहरूलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ ।

Advertisement

ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई नयाँ चेतावनी दिएका छन्। उनले अमेरिका अब प्रतिआक्रमणको चरणमा प्रवेश गरेको भन्दै इरानलाई ‘ठूलो प्रहार’ गरिने बताएका छन्।

फक्स न्युजसँगको अन्तर्वार्तामा उनले इरानलाई कडा सैन्य जवाफ दिने संकेत गर्दै अमेरिका पछाडि नहट्ने स्पष्ट पारे । अमेरिका र साउदी अरबको समन्वयमा इराकमा रहेका इरान समर्थित पपुलर मोबिलाइजेसन फोर्सेसका ठेगानाहरूलाई पनि निशाना बनाइएको जनाइएको छ।

Advertisement

प्रारम्भिक विवरणअनुसार उक्त आक्रमणमा इरानी रिभोलुसनरी गार्डसँग आबद्ध व्यक्तिहरूसहित दर्जनौं मानिस मारिएको दाबी गरिएको छ । सैन्य टकराव तीव्र बनेसँगै विश्व ऊर्जा बजारमा पनि असर परेको छ ।

ब्रेन्ट क्रुडको मूल्य करिब सात प्रतिशतले बढेको छ भने स्ट्रेट अफ हर्मुज र बाब अल–मन्डेब जस्ता रणनीतिक सामुद्रिक मार्गहरूमा जहाजहरूको आवागमन प्रभावित भएको जनाइएको छ । इरान समर्थित हुथी विद्रोहीहरूले साउदी जहाजहरूलाई लक्षित गर्ने चेतावनी दिएपछि धेरै तेल ट्याङ्करहरूले वैकल्पिक मार्ग रोज्न थालेका छन् ।

ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पनि इरानलाई हतियार सहयोग नगर्न चेतावनी दिएका छन् । चीनबाट इरानलाई हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन सकिने समाचारप्रति प्रतिक्रिया दिँदै उनले त्यस्तो कदमले क्षेत्रीय तनाव अझ बढाउने बताएका छन् ।

यसैबिच, इरानी सरकारी सञ्चारमाध्यमहरूले देशको दक्षिणी क्षेत्रमा शक्तिशाली विस्फोटका आवाज सुनिएको जनाएका छन् । यसअघि इरानले जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यहरूमा क्षेप्यास्त्र प्रहार गरेको र ती आक्रमणहरू अमेरिकी तथा सहयोगी प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको अमेरिकी पक्षको दाबी छ ।

डोनाल्ड ट्रम्पले केही महिनाअघि सुरु भएको सैन्य अभियान छोटो समयमै सकिने बताएका थिए । तर पाँच महिनापछि पनि द्वन्द्व जारी रहेको छ र तनाव झन् बढ्दै गएको देखिएको छ । केही दिनसम्म दुवै पक्षले आक्रमण रोकेर कूटनीतिक प्रयासको सम्भावनाबारे चर्चा चलेको थियो ।

ट्रम्पले वार्तालाई सकारात्मक भने पनि इरानले कुनै औपचारिक वार्ता नभएको दाबी गरेको छ । यसैबिच, ‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनसम्बन्धी वार्ता पनि अवरुद्ध भएपछि क्षेत्रीय तनाव थप बढेको छ । सैन्य तनाव बढेसँगै ‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनसम्बन्धी वार्ता पनि अवरुद्ध भएको हो ।

ओमानले खाडी राष्ट्रको समर्थनमा रणनीतिक जलमार्गको संयुक्त व्यवस्थापन संयन्त्र स्थापना गर्ने प्रस्ताव गरेको थियो । प्रस्तावमा जलयात्रा र समुद्री सुरक्षामा सहयोग पु¥याउन पानीजहाजबाट स्वैच्छिक योगदान सङ्कलन गर्ने व्यवस्था पनि समावेश थियो ।

तर इरानले ओमानसँग संयुक्त रूपमा ‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापन गर्ने प्रस्ताव अस्वीकार गरेको छ । तेहरानले ‘स्ट्रेट अफ होर्मुज’ को प्रमुख जलमार्ग व्यवस्थापनमा आफ्नो केन्द्रीय भूमिका कायम रहनुपर्ने बताएको छ ।

अमेरिकाले भने अन्तर्राष्ट्रिय जलपरिवहनमा अवरोध पु¥याउने कुनै पनि व्यवस्थाको विरोध गर्दै ‘स्ट्रेट अफ होर्मुज’अन्तर्राष्ट्रिय आवागमनका लागि खुला रहनुपर्ने अडान दोहो¥याएको छ ।

यता साउदी अरबले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले पूर्वी प्रान्त र राजधानी रियादस्थित ऊर्जा पूर्वाधारलाई लक्षित गरी आएका ड्रोन रोकेको जनाएको छ । ती आक्रमण इराकबाट सञ्चालन हुने इरानसमर्थित समूहले गरेको आरोप साउदी अरबले लगाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top