भोटेकोशी बाढीपीडितलाई रेडक्रसले प्रतिपरिवार एक लाख दिने

२१ असोज ८३, बुधबार
Share this
754shares

२१ असोज , काठमाण्डौ ।

Advertisement

भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले प्रतिपरिवार एक लाख रुपैयाँका दरले नगद सहायता उपलब्ध गराउने।

बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी) का महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंले गरे सो सहयोग घोषणा।

Advertisement

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित ‘समुन्नति कार्यक्रम’मार्फत नगद सहायता उपलब्ध गराउन मन्त्रालय र नेपाल रेडक्रसबीच सम्झौता ।

सम्झौताअनुसार रसुवा–भोटेकोशी बाढीबाट प्रभावित ६३ जिल्लाका लक्षित परिवारलाई सहायता प्रदान गरिने ।

Advertisement

प्रारम्भिक अनुमान अनुसार करिब ६ हजार परिवार बाढीबाट प्रभावित ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण र आवश्यक प्रमाणीकरणका आधारमा लाभग्राही छनोट गरी रकम सम्बन्धित परिवारको बैंक खातामा सिधै जम्मा गरिने।

प्राप्त रकम खाद्यान्न, कपडा, स्वास्थ्य तथा सरसफाइ सामग्री, घरायसी आवश्यकता, यातायात, सञ्चार र जीविकोपार्जन लगायतका काममा प्रयोग गर्न सकिने ।

रेडक्रसले बाढी प्रभावित क्षेत्रमा आवास, खानेपानी तथा सरसफाइ, मानसिक स्वास्थ्य, संरक्षण र समावेशीकरण लगायतका क्षेत्रमा सहयोग जारी राखेको जानकारी।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top