प्रधानमन्त्री ओलीलाई अस्पतालमा भेटेर फर्किएका बाबुरामले भने– ठट्टामजाक गर्नुभयो

प्रधानमन्त्री ओलीलाई अस्पतालमा भेटेर फर्किएका बाबुरामले भने– ठट्टामजाक गर्नुभयो

काठमाडौं, कार्तिक १३
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थामा निकै सुधार आइरहेको छ । उनको छातीको एक्स–रे, रगत परीक्षण लगायतका रिपोर्टहरु सकारात्मक देखिएको भन्दै चिकित्सकले स्वास्थ्यमा निकै सुधार आएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराइले पनि मंगलबार बिहान प्रधानमन्त्री ओलीलाई अस्पताल पुगेरै भेट गरेका छन् ।अस्पतालबाट फर्किएर डा. भट्टराईले ट्वीट गर्दै प्रधानमन्त्री ओलीको अवस्था सन्तोषजनक रहेको बताएका छन् ।

‘प्रमलाई अस्पतालमा भेट्दा निकै हँसमुख देखिनुभो । अलिकति ठट्टामजाक पनि गर्नुभो,’ ट्वीटमा बाबुरामले भनेका छन् ।प्रधानमन्त्री ओलीको स्वास्थ्य तन्दुरुस्त हुँदै गरेको अनुभव आफूहरुले गरेको उनको भनाइ थियो ।

यस्तै विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । उनले मंगलबार ट्वीट गर्दै भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू, तपाईको आत्मबलले धेरै पटक तपाईले स्वास्थ्य र अन्य प्रतिकुलतालाई जितिसक्नु भएको छ, तपाईको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यो देश तपाईकै जीवनकालमा समृद्धिको मार्गमा अघि बढेको हेर्न पाइयोस् ।’

इमेज खबर अनलाईनबाट

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.