यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभलाईं अष्ट्रेलियामा उत्कृष्ट गोलको अवार्ड

१५ कात्तिक ७५, बिहीबार
Share this
752shares

काठमाडौं,कात्तिक १५
नेपाली यू १९ राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केले अस्ट्रेलियामा वर्षको उत्कृष्ट गोलको उपाधि जितेका छन् ।

Advertisement

फुटबल अस्ट्रेलियाले पहिलो पटक दिन लागेको सो २०१८ को उत्कृष्ट गोलको अवार्डको उनको गोल मनोनयनमा परेको थियो । उनले अस्ट्रेलियन एफए कपको राउन्ड अफ ३२ अन्तर्गत हेलेकिन एट्लेटिकका लागि उनले गरेको गोल गोल नै मनोनयनमा परेको हो ।

सिग्नेचर मनाङ मस्र्याङ्दीका पूर्व मिडफिल्डर समेत रहेका सुलभले वेस्टर्न सिड्नी वान्डरर्स विरुद्ध २ गोल गरेपनि उनको टोली त्यो खेलमा ४–३ ले पराजित भएको थियो ।

Advertisement

सुभलले उत्कृष्ट गोलको अवार्डको मनोनयनमा परेका १० मध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने खेलाडीलाई विजेता घोषित गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top