×

NEPAL TIMES UPDATES

Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026

यी खानामा ख्याल गरे सजिलै घटाउन सकिन्छ तौल

२७ कार्तिक २०७५

एजेन्सी, कात्तिक २७
मोटोपन अहिले धेरैको टाउको दुखाईको विषय बनेको छ । मोटोपनले गाँजेपछि कोही जिमखाना धाइरहेका हुन्छन् भने कोही खानेकुरामा कटौती गरिरहेका हुन्छन् ।

हुनपनि मोटोपनले शरीरलाई भद्दा र असुहाउँदिलो त देखाउँछ नै, शरीरलाई रोगहरुको घर पनि बनाइदिन्छ । मोटोपना बढेमा उच्च रक्तचाप, मधुमेह, मुटु रोग लगायतको समस्या हुने गर्दछ । खानपानमा नियन्त्रण गर्दा मोटोपना घटाउने वा तौललाई नियन्त्रण गर्न सकिन्छ ।

यसको मतलब यो होइन कि, खानेकुरा नखाने वा कम खाने । बरु त्यस्ता खानेकुरा खानमा पूर्ण बन्देज लगाउने, जसले मोटोपन बढाउँछ । जस्तै ः अस्वस्थ्यकर, चिल्लोचाप्लो, तारेको खानेकुरा, मदिराजन्य पेयले ।

हाम्रो खराब बानी के पनि छ भने, पाएको बेला पेटभर खाने । अरु बेला भोकै पनि बस्ने । यस किसिमको आनीबानी मोटोपन बढाउने कारक हुन् ।

खान नछाडौं

हामी नेपाली तौल घटाउने नाममा डाइटिङ गर्छौ । आवश्यक्ता भन्दा बढी डाइटिङ गर्दा शरीरलाई आवश्यक पर्ने पोषण(तत्वको कमी हुने गर्दछ । जसले गर्दा शरीर कमजोर हुनुका साथै शरीरमा विभिन्न समस्या निम्तने गर्दछ ।

जबकी डाइटिङ विना नै स्वस्थ्यवर्दक खानेकुराको सेवनले शरीरलाई आवश्यकत पोषण तत्व प्रदान हुने गर्दछ । यसको लागि दिनको शुरुवात स्वस्थवर्दक खानेकुराबाट गर्न सकिन्छ ।

दिनमा कम्तीमा तीन पटक पौष्टिक तत्वयुक्त स्वस्थ खानेकुराको सेवनले शरीरलाई पोषण प्राप्त हुनुका साथै शरीर स्वस्थ रहने गर्दछ । साथै, यस्ता खानेकुराको सेवनले भोक समेत कम लाग्ने हुँदा तौल नियन्त्रण गर्न सजिलो हुने गर्दछ ।

भोक लाग्दा मात्र खाने

भोक ला गेपछि मात्र खाना खानु पर्दछ । कयौ मानिस समय विताउन वा अल्छीपना हटाउन खाना खाने गर्दछन् । जसले गर्दा मानिसको तौल कम हुनुका सट्टा झन् बढ्ने गर्दछ । यसको सट्टा कतै डुल्न गएर वा आफूलाई रमाइलो लाग्ने काम गरेर पनि समय विताउन सकिन्छ ।
कम खाने

कयौ मानिस एकै पटक धेरै खाने गर्छन् । जसले गर्दा तौल कम हुनुको सट्टा झन् बढ्ने गर्छ । तौल कम गर्न जहिले पनि खाना खादाँ सानो प्लेटको प्रयोग गर्नु पर्छ । र, खाना हरिायो साजसब्जी, दही , सलाद लगायतलाई महत्व दिनु पर्छ । त्यतिमात्र हैन, खाँदा खाँदा सकेसम्म दोर्हयाएर खान हुँदैन । यति गर्न सकेमात्र पनि तौल नियन्त्रण हुने गर्दछ ।

खाएको कुरा टिपोट गर्ने

कुनै पनि खानेकुरा खाएपछि के के खानुभयो, कति परिणाममा खानु भयो तथा कुन बेला खानु भयो त्यसको विस्तृत विवरण एउटा कपीमा लेख्नुस् । यसले खानेकुरा प्रति तपाईलाई जागरुक बनाउनुका साथै खाने बानीलाई व्यवस्थित गर्न सिकाउँछ ।

गुलियो नियन्त्रण गर्ने

डर्जट्स, डोनट्स कुकिज, क्यान्डी, चकलेट तथा गुलियो मिसिएको खानेकुरा खानबाट परेज गर्ने किनकी यस्ता खानेकुरामा क्यालोरीको मात्रा उच्च हुनुका साथै पोषणतत्व कम हुने गर्दछ । त्यस्तै, पेय पदार्थमा चिनीको सट्टा अन्य पेय पदार्थ सेवन गर्नुका साथै डाइट सोडा पिउन सकिन्छ । यसले पनि तौल नियन्त्रण गर्न सघाउ र्पुयाउँछ ।

प्रशस्त मात्रामा पानी पिउने

जो मानिस दिनमा तीन देखि चार लिटर पानीको सेवन गर्छन्, उनीहरुमा वजन कम हुने सम्भावना उच्च हुने गर्छ ।
व्यायाम गर्ने

जहिले पनि व्यायाम गर्नु पूर्व चिकित्सकसित सल्लाह गर्न अनिवार्य छ । त्यसबाहेक, सिढी चढेर ताथ थोरै हिडेर पनि सक्रिय जीवन बाच्न सकिन्छ । हप्तामा कम्तीमा पनि पाच दिन हिड्ने, साइकिलिङ्ग गर्ने, स्वीमिङ्ग गर्ने, दौडने तथा हाइकिङ्ग गर्ने बानी बसाल्ने । साथै दिनमा कम्तीमा एक घण्टा कसरत गर्ने । यसले पनि तौल नियन्त्रण गर्न प्रभावकारी भूमिका खेल्दछ ।

बाहिर नखाने

तौल नियन्त्रण गर्ने व्यक्तिले सकेसम्म घरमै बनाएको खाना खानु पर्दछ । बाहिरी खानेकुराबाट सकेसम्म परेज गर्नु पर्दछ । खानै परेमा सुप, सलाद वा कम तेलको प्रयोग गरिएको खानेकुराको सेवन गर्नु पर्दछ । खाना खाँदा शरीरलाई चाहिने मात्र खाना खानु पर्दछ । बरु खाना धेरै भएमा अरुसित बाढेर खानु पर्दछ । यसले पनि तौल नियन्त्रण गर्न निकै मद्दत मिल्दछ ।

नास्ता गर्ने

नास्तामा सकेसम्म फल, साजसब्जी वा चिल्लो रहित खानेकुराको सेवन गर्नु पर्दछ । लौ फ्याट क्राकर्स, होल ग्रेन सिरियल्स तथा ओट मिलको सेवनद्धारा तौल कम गर्न सकिन्छ ।

खाना पकाउँदा कम तेलको प्रयोग गर्ने

खाना पकाउँदा सकेसम्म कम तेलको प्रयोग गर्ने । तार्नु, भुट्नुको सट्टा सेकेर, ग्रिल गरेर तथा बाफमा पकाएर पनि खाना खान सकिन्छ ।

खाद्यान्न खरीद गर्दा विशेष सजगता अपनाउने

कुनै पनि खानेकुरा गर्दा विशेष सजगता अपनाउने । त्यसको लागि एउटा सुची तयार पार्ने । भोक लागेको समयमा कुनै पनि सामान खरीद नगर्ने । कुनै पनि डेयरी प्रोडक्ट खरीद गर्दा कम फ्याटको विशेष ख्याल गर्ने ।

 यसबारे थप जानकारी आवश्यक परेमा आफ्नो चिकित्सक , नर्स वा डाइटिसियनसित सल्लाह गर्न सकिन्छ ।

भर्खरको समाचार

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

सम्बन्धित खबरहरु

Scroll to Top