सुन तस्करी प्रकरण : सिलवाल र खेतानलाई पनि छाड्न आदेश

सुन तस्करी प्रकरण : सिलवाल र खेतानलाई पनि छाड्न आदेश

विराटनगर : उर्लाबारीका सनम शाक्य हत्याको अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङको आदेशपछि थुनामा रहेका २ जनालाई उच्च अदालत विराटनगरले छाड्ने आदेश दिएको छ ।, आजको उद्घोष दैनिकमा यो समाचार छापिएको छ ।

उच्च अदालतका न्यायाधीश साधुराम सापकोटा र उमेशकुमार सिंहको इजलासले तस्करीको सुनमा लगानी गरेका आरोप लागेका सञ्जय खेतान भनिने प्रभाव अग्रवाल र मदन शिलवाल जनही ५– ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

बिहीबार भएको सुनुवाईपछि अदालतले जिल्लाको आदेश बदर गर्दै धरौटीमा छाड्ने आदेश भएको उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायण रेग्मीले जानकारी दिए ।

जिल्ला अदालत मोरङले सुन तस्करी तथा शाक्य हत्या प्रकरणमा गत भदौ १३ गते सञ्जय खेतान भनिने प्रभात अग्रवालसहित आरडी राजु भनिने राजकुमार दारुका, डब्बु भनिने इस्तियाज उद्दिन, अबु सलमान खान भनिने सैयाद अकबर साह र भारतीय नागरिक विमल पोद्दारलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

तीन महिनाअघि भएको जिल्ला अदालतको आदेश उल्ट्याउँदै उच्चले बिहीबार खेतानलाई छाड्ने आदेश दिएको हो । जिल्ला अदालतका न्यायधीश नारायणप्रसाद शर्माको इजलासले गत असार २४ गते मदन सिलवालसहित राम तिवारी, मोतीरा श्रेष्ठ र भुजुङ गुरुङका सवारी चालक लक्षुबहादुर गुरुङलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.