विराटनगर, मंसिर २
विराटनगरका उद्योगपति महेन्द्र गोल्छाको नवौंं बार्षिक स्मृति दिवसका अवसरमा आइतबार उद्योग संगठन मोरङले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।दिवसका अवसरमा उद्योग संगठन मोरङ परिसरमा रहेको गोल्छाको अर्ध कदको सालीकमा माल्र्यापण गरिएको छ ।
माल्र्यापण गर्दे उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले स्वर्गीय महेन्द्र गोल्छाले औधोगिक र आर्थिक क्रान्ति बिना देशको विकास सम्भव नरहेको बताएको स्मरण गर्दे उनले देखाएको बाटोमा अहिलेको सरकार पनि हिडेको बताए ।
यस्तै स्मृति दिवसकै अवसरमा कोशी अञ्चल अस्पतालका विभिन्न वार्डहरुमा फलफूल वितरण गरिएको छ भने विराटेश्वर वृद्धाश्रममा खाद्यान्न वितरण गरिएको छ ।
गोल्छाकै स्मृतिमा प्लस टु स्तरीय हाजिरीजवाफ प्रतियोगिता र क्रिकेट टुर्नामेन्ट गर्ने कार्यक्रममा जानकारी दिइएको थियो ।