काठमाडौं, मंसिर ११
शाखा विस्तार गर्ने सन्दर्भमा लघुवित्त संस्थाहरु आक्रामक देखिएका छन् । देशभर रहेका ६९ लघुवित्त संस्थाले आर्थिक वर्ष २०७५र७६ को पहिलो ३ महिनामा मात्रै २१८ ओटा नयाँ शाखा विस्तार गरेका छन् ।
हाल लघुवित्त संस्थाका कुल २६ सय ६७ शाखाहरु पुगेका छन् । गत असार मसान्तमा उक्त संख्या २४ सय ४९ मात्र थियो । उक्त अवधिमा ४ नयाँ लघुवित्त संस्थाले सञ्चालन अनुमति प्राप्त गरेका थिए ।
त्यस्तै, उक्त अवधिमा सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरुले ८१ ओटा शाखा विस्तार गर्दा विकास बैंकहरुको कुल शाखा ६४ ओटा थपिएका छन् । हाल वाणिज्य बैंकहरुको ३१०४ ओटा शाखा पुग्दा विकास बैंकहरुको शाखा १०५७ रहेका छन् । उक्त अवधिमा वाणिज्य बैंक तथा विकास बैंकको संख्यामा भने कुनै पनि थपघट भएको छैन ।
उता वित्तीय संस्थाको हकमा भने शाखा विस्तार शुन्य देखिएको छ । असार मसान्तमा १८६ शाखा रहेका वित्त कम्पनीहरुको संख्यामा भने गिरावट आएको छ । सिनर्जी फाइनान्सलाई बेष्ट फाइनान्सले प्राप्ति गरेपछि २५ ओटा वित्त कम्पनीहरु घटेर २४ ओटामा आएका हुन् ।(विकास न्युजबाट)










