काठमाडौं, मंसिर ११
अर्थसमितिले ६०० मेगावाटको माथिल्लो मस्र्याङ्दी(२ जलविद्युत आयोजनाको सेयर खरिद बिक्री सम्बन्धि उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको अर्थसमितिको बैठकले सो जलविद्युत आयोजना निर्माणको लाईसेन्स पाएको हिमताल हाइड्रोपावर कम्पनी प्रालिको सेयर खरिद बिक्री बारे अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको हो ।
त्यस्तै, अर्थमन्त्रालयले पनि सो खरिद बिक्रीमा कायम गरेको मूल्य यर्थाथ हो वा होइन बारे छुट्टै अध्ययन गर्ने भएको छ । बैठकमा उपस्थित राजस्व सचिव शिशिर ढुङ्गानाले सो खरिद बिक्री बारे मन्त्रालयले छानविन गर्ने बताए ।
भारतीय जिएम आर कम्पनीले चिनिया कम्पनीलाई हिमताल हाइड्रोपावर कम्पनी बेचेको छ ।(विकास न्युजबाट)
