विराटनगर, मंसिर १२
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्याययिक क्षेत्रमा अनियमितिता र भष्ट्रचार गर्न कसैलाई छुट नभएको बताएका छन् । उनले न्याययिक क्षेत्रको सरकारी सेवामा कार्यरत जो सुकैलाई सरकारले प्रदान गरेको सेवा सुविधा अपुग भए सरकारसँग माग गर्न सुझाव दिए ।
जिल्ला अदालत सरकारी वकिल कार्यालयको भवन शिलान्यास कार्यक्रममा बुधवार विराटनगरमा आयोजित कार्यक्रममा संचारकर्मीसँग कुराकानी गर्दै महान्यायाधिवक्ता खरेलले भने ‘न्याययिक क्षेत्रको सरकारी सेवामा कार्यरत जो जति सबै हुनुहन्छ, सरकारले दिएको सेवा सुविधामा सुन्तुष्ट भएर काम गर्नुहोस् तर, यो क्षेत्रमा रहेर गैर कानुनीरुपमा काम गर्ने तपाई कसैलाई छुट छौन । र त्यो मलाईपनि छैन, र अरुलाईपनि छौन ।’
महान्यायाधिवक्ता खरेलले सरकार बिकृती र विसंगतीको बिरुद्धमा रहेकाले सरकारी वकिलको कार्यालयलाई पनि बिकृति र विसंगति रहित बनाएर व्यवसायीक कार्यालय बनाउन चाहेको बताए ।
उनले न्याय परिषदले भावी प्रधानन्यायाधीशका लागि यसअघि संसदीय सुनुवाइबाट अस्वीकृत भएका दीपकराज जोशीको बिषयमा सरकार र संसादको ध्यान जानेमा आफु विस्वस्त रहेको बताए । न्याय परिषदले भावी प्रधानन्यायाधीशका लागि जोशी र चोलेन्द्र शम्सेर राणाको नाम पठाएको थियो ।
महान्यायाधिवक्ता खरेलले ३ करोड १० लाखको लागतमा निर्माण हुने जिल्ला अदालत सरकारी वकिलको कार्यालयको भवनको शिलन्यास गरेका थिए ।