विराटनगर, मंसिर १४
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले गरेको कामको मुल्याकङन गर्ने समय भई नसकेको बताएका छन् ।
उनले सरकारको कामको बारेमा गम्भिर आत्मासमिक्षा गदै परिणमामुखी काम गर्न भने जरुरी रहेको बताए । विराटनगर विमानस्थलमा आज स्थानीय संचारकर्मीसंगको कुराकानीमा नेता श्रेष्ठले भने‘सरकारको कामको मुल्याङन गर्ने भन्दापनि कामको समिक्षा गर्न भने अहिले आवश्यक छ,’।
उनले नेकपा भित्र व्यक्तिगत स्वार्थको लागि गुटको राजनिति मैलाएको बताए । पार्टीलाई गुटरहित बनाउन आवश्यक रहेकोमा पनि जोड दिएका छन् ।
नेता श्रैष्ठले भने‘ हाम्रो पार्टी गु्टविहिन पार्टी हुन सकेको छैन,यो लुकाएर लुक्ने कुरा हौइन,व्यतिगत स्वार्थमा आधारित गुट र गिरोहबन्दीलाई निरुसाहित र असफल बनाउन आवश्यक छ,पार्टीमा यस विषयमा गम्भिर छलफल जारी छ ।’
उनले पार्टी भित्र बैचारिक छलफल र अन्तरसंघर्ष बढाउन भने आवश्यक रहेको बताए । उनले निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना काण्डको अपराधीलाई अहिलेसम्म पत्ता लगाउन नसक्नु दुखद भएको बताए । घटनामा संलग्न अपराधीलाई पत्ता लगाउन सरकार लागि परेको उनले बताए ।