एजेन्सी, मंसिर २१
मैदानमा फुटबल चलिरहेकै बेला गोल हुन आँटेको बललाई किपर बनेर कुकुरले गोल हुनबाट जोगाएको भन्ने सुन्दा विश्वास नलाग्न सक्छ । तर, अर्जेन्टिनाको घरेलु लिगमा यस्तै एउटा अनौठो घटना भएको छ ।
अर्जेन्टिनाको तेस्रो डिभिजनको लिग फुटबल अन्तरगत जुभेन्टुड युनिडा डी गुआलागुएचु र डेफेन्सोरेस डी बेल्ग्रनो डी भिल्ला रामाल्लोबीच खेल चलिरहेको थियो ।
डेफेन्सोरेसका किपरले बल नियन्त्रणमा लिएर डिफेन्डरलाई दिएको पास जुभेन्टुडका फरवार्डले खोस्दै बललाई पोष्टतर्फ प्रहार गर्छन् ।किपर निकै अगाडि रहेकाले हुदा पोष्ट खाली थियो । बल गोलमा परिणत हुने निश्चित देखेर जुभेन्टुडका खेलाडी ढुक्क हुन्छन् तर यसपछि भने अचम्मको घटना हुन पुग्छ ।
जुभेन्टुका फरवार्डले प्रहार गरेको त्यो बल गोल लाइन नजिकैबाट एक्कासी दौडिदै आएको कुकुरलाई लागेर बाहिरिन्छ । यो वास्तविक घटना देखेर सबै छक्क पर्छन् । तर, यो खेलमा जित भने जुभेनटुड कै भएको छ ।
https://youtu.be/AJ6EUXeAyQQ