बनभोज खाने क्रममा १ जनाको मृत्यु

२३ मंसिर ७५, आइतबार

ईलाम, मंसिर २३

Advertisement

ईलामको सुर्योदय नगरपालिका–७ कन्याममा बनभोज खाने क्रममा खाना सर्किएर १ जनाको मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका–७ मा रहेको सुलभ सहकारी संस्थाले आयोजना गरेको बनभोज खाने क्रममा सर्किएर बिरामि परेका सोही सहकारीका कर्मचारी दुहवी–७ का उदयमान चौधरीको मृत्यु भएको हो ।

सहकारी संस्थाले आयोजना गरेको बनभोज खाने क्रममा सर्किएर सोही बिरामी परेका थिए । साँझ ५ बजेको समयमा खाना सर्किएर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारको लागि बिर्तामोडस्थित वि.एण्ड.सी. अस्पताल पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा साँझ ६ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Advertisement

मृतकको शव इलाका प्रहरी कार्यालय अनारमनीसंग समन्वय गरी कानूनी प्रकृया पश्चात पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको जनाईएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top