अनमोलको ‘क्याप्टेन’को पहिलो गीत रिलिज (भिडियो)

अनमोलको ‘क्याप्टेन’को पहिलो गीत रिलिज (भिडियो)

काठमाडौँ, मंसिर २७
अभिनेता अनमोल केसीको मुख्य भुमिका रहेको चलचित्र ‘क्याप्टेन’को पहिलो गीत सार्वजनिक भएको छ । सो गीत बिहीबार निर्माण टिमले राजधानीमा एक कार्यक्रम बिच सार्वजनिक गरेको हो ।

गीतमा अनमोलको साथमा नव नायिका उपासना सिहं ठकुरी फिचर्ड छन् । हिमालीभेगको महमोहक दृश्यलाई कैद गरिएको गीतमा अनमोल र उपासनाको जोडी निकै जमेको देख्न सकिन्छ ।

सुगम पोखरेल र अन्जु पन्तको स्वरमा रहेको उक्त गीतमा अर्जुन पोखरेलले सङ्गीत भरेका छन् भने डीगराज धौरालीको शब्द रचना रहेको छ ।
गीतलाई सैलेन्द्र एम प्रधानले सङ्गीत संयोजन गरेका छन् । यो भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

फुटबलरको कथामा बनेको चलचित्र क्याप्टेनलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । भूवन केसी निर्माताको रुपमा रहेका यस चलचित्रको जिया केसी यसकी कार्यकारी निर्मात्री हुन् ।

चलचित्रबाट दुई नव नायिका उपासाना सिहं ठकुरी र प्रियंका एमभीले सिने नगरीमा प्रवेश गर्दैछन् । फागुन १७ बाट प्रदर्शनमा आउन लागेको यस चलचित्रमा यी तिन बाहेक प्रशान्त ताम्राकार, सरोज खनाल, सुनिल थापा, विल्सन बिक्रम राई, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.