×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026

मोरङका गाउँमा सिरक बनाउँदै पैसा कमाउँदै भारतीय

१२ पुष २०७४

मोरङ, पुस १२
एकातिर मोरङका युवा वैदेशिक रोजगारीमा पसिना बगाइरहेका छन् भने अर्काेतिर यहाँका गाउँ गाउँमा भारतीय मजदुर सिरक, डसना बनाएर यहीँ पैसा कमाइ रहेका छन् ।

यसअघि घरेलु सामग्री (धुनिया) बाट रुवा फिट्दै आएका मजदुर अचेल सुती कपडालाई रुवा बनाउने मेसिन ट्र्याक्टरमा सँगै लिएर हिँड्न थालेका छन् ।

Advertisement

मोरङका प्रत्येक गाउँमा सडक किनारामा बसेर उनीहरू टोली बनाई दैनिक रु १५ हजारभन्दा बढी कमाउने गरेका छन् । मोरङको कानेपोखरी–७ मा भेटिएका फिरोज आलम एक महिनायता घुम्तीरुपमा सिरक डसना बनाउँदै हिँडेका छन् ।

भारतको मोतिहारी स्थायी घर बताउने आलमको टिममा थप सातजना कामदार छन् । ट्र्याक्टरमा सुतीका थोत्रा कपडा मिक्सिङ गरेर (फिटेर) रुवा बनाउने मेसिन लिएर हिँडेको उनीहरूको टिमले दैनिक १५ हजार रुपैयाँ भन्दा बढी कमाइ गर्दै आएको छ ।

अझ रोचक कुरा त उनीहरूले भारतबाटै सिरक, डसना र सिरानीका पल्ला र खोलसमेत लिएर आउने गरेका छन् । सियो, धागो नेपालमा उत्पादन हुँदैन, त्यसैले सियो धागो पनि उतैबाट ल्याउने गरेको फिरोजले बताए ।

सुतीका साडी, सिरकका खोल, सुतीका सबैखाले पुराना कपडा मिसिनमा हालेपछि रुवा भएर निस्कन्छ । त्यसैबाट डसना र सिरानी बनाउनेको लर्काे लागेको स्थानीय मीरा खड्काले बताबताइन् ।

जिउँदा मानिसको कपडा डढाउनु वा फाल्नु हुन्न भन्ने पूर्वीय मान्यताले गर्दा प्रत्येक घरमा बीसौँ वर्ष पुराना कपडा त्यतिकै थन्किएका थिए । गाउँमा डसना बनाउने मेसिन आएपछि प्रत्येक घरले पालो कुरेर डसना, सिरक बनाएको खड्काको भनाइ छ ।

दैनिक रु १५ हजार कपडा फिटेको र डसना सिलाएबापत प्राप्त रकम थोरै हुने बताए पनि सिरक डसनाको पल्ला र खोल बेच्दा थप रु पाँच हजार आम्दानी हुने फिरोजको भनाइ छ । ट्र्याक्टर भाडा र इन्धन खर्चमा चार हजार खर्च हुन्छ । कपडा फिटेको प्रतिकेजी २५ र सिलाएको १० केजीसम्मको सिरक डसनाको ५०० रुपैयाँ ज्याला लिने गरेको उनले बताए ।

सिरक बनाउने भारतीय कामदार मोरङको सुन्दरहरँैचा–१, बेलबारी, उर्लाबारी, पथरी, बयरवन, इटहरालगायतका बजारमा अस्थायीरुपमा बसेका छन् ।

उनीहरू मौसमअनुसार आफ्नो सीप प्रयोग गरेर नेपालबाट पैसा कमाएर लाने गर्छन् । मोबाइल रुपमा ट्र्याक्टर पछाडि रुवा फिट्ने मेसिन लिएर हिँड्नेको संख्या पनि १४ रहेको फिरोजको भनाइ छ । उनले भने, “नेपालीहरू ‘थर्ड क्लास’ काम भनेर गर्दैनन् ।” उनले आफ्नो बाजेले पनि धुनियाँ बोकेर ताप्लेजुङसम्म पुगेर सिरक छापेको बताए ।

“मात्र प्रविधि फेरिएको हो, काम उही हो, हाम्रो परम्परागत पेशा नै यही हो,” उनले भने ।

सिरक डसना छाप्नेमात्र होइन, मौसमअनुसारका घरायसी सामग्री साइकलमा बोकेर गाउँगाउँ घुम्ने भारतीयको संख्या दुई हजार ५०० रुपैयाँ भन्दा बढी रहेको भारतको पूर्णियाबाट व्यापार गर्न आएका साकिर हुसैनको भनाइ छ ।

एउटा साइकलमा झण्डै ५० प्रकारका घरायसी भान्साका सामानदेखि लुगाफाटोसम्म बोकेर गाउँगाउँ हिँड्ने उनीहरू दैनिक ८ सय रुपैयाँ सम्म कमाइ हुने बताउँछन् ।

Advertisement

उनीहरु भन्छन्– इटहरीमा डेरा छ । बिहान सबेरै उठेर आफ्नो साइकल र सामान भण्डारण गरेको चोकमा पुग्छौँ र व्यापारका लागि हिँड्छौँ । एउटा टिममा दुईदेखि आठजनासम्म हिँड्ने उनीहरूको खाना नास्ताको टुंगो हुँदैन । जहाँ जतिबेला जे भेटियो, त्यही खान्छौँ, पश्चिम बंगाल घर भएका मानुष वर्माले भने ।
रासस

भर्खरको समाचार

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

सम्बन्धित खबरहरु

Scroll to Top