विराटनगर, पुस २७
विराटनगर–१५ स्थित रामजानकी टोलमा मोबाइलको व्याट्री पड्किँदा ७ वर्षिय वालकको मृत्यू भएको छ । पराल बालेर आगो ताप्ने क्रममा बेवारिसे ब्याट्री पड्किएर गम्भिर घाईते बनेका स्थानीय सुवास मण्डलको छोरा ७ वर्षिय अमित मण्डलको विराटनर स्थत कोशी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यू भएको हो ।

साथिहरुसँग आगो तापि रहेका बेला अचानक विस्फोट भएको र विष्फोटबाट गम्भिर घाईते भई उपचारका क्रममा कोशी अञ्चल अस्पतालमा मण्डलको मृत्यू भएको मृतक वालकका ठुलोबुवाले जानकारी दिएका छन् ।

विष्फोटमा परि स्थानीय र राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी घाइते भएकी छन् । विष्फोटमा परि आँखामा चोट लागेकी घाईते वालिकाको विराटनगर आँखा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
