काठमाडौँ : पछिल्लो समय अस्पतालहरूमा मौसमी इन्फ्लुएन्जाका बिरामी बढेका छन् । आजकाे गाेरखापत्र दैनिकले खबर छापेकाे छ ।
समाचारकाे अनुसार उपत्यकाका मुख्य अस्पताल शिक्षण, वीर, कान्ति, शुक्रराज ट्रपिकल, अल्का, नर्भिक लगायतका अस्पतालमा मौसमी फ्लुका बिरामीको सङ्ख्या बढेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म १५० जनाभन्दा बढी व्यक्तिमा सिजनल इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) एएचवनएनवनका बिरामी देखिएका छन् ।
महाशाखाका अनुसार ३३४ जना बिरामीको घाँटीको र्यालको नमूना परीक्षण गर्दा १६८ जना बिरामीमा इन्फ्लुएन्जाका बिरामी रहेको पाइएको छ । विभिन्न अस्पतालमा ‘सिजनल फ्ल’को समस्या लिएर आउने विरामी पनि धेरै रहेका छन् ।