काठमाडौँ : नेपाल सरकारले विश्व बैंक समूहअन्तर्गत अन्तर्राष्ट्रिय पुनःनिर्माण तथा विकास कोषको ३०९ कित्ता शेयर थप खरीद गर्ने निर्णय गरी आफ्नो मताधिकार सुरक्षित गरेको छ ।,याे खबर आजकाे नेपाल समाचारपत्रमा छ ।
मन्त्रिपरिषद्को यही माघ ३ गतेका प्रमुख निर्णय बिहीबार सिंहदरबारमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बैंकमा हाल नेपालको एक हजार ४०५ कित्ता रहेकामा थप शेयर खरीद गरेपछि एक हजार ७१४ कित्ता भई नेपालको मताधिकार रहने जानकारी दिनुभयो ।
यस्तै युरोपेली सङ्घ डेलिगेशन टु नेपालको प्राविधिक सहायता (अनुदान) १९ लाख ९६ हजार १९९ युरो स्वीकार गर्ने निर्णय गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । उक्त सहयोगले १५ नगरपालिकाको क्षमता अभिवृद्धि र भाौतिक विकास हुनेछ ।