सर्बाधिक मुल्यवान खेलाडीको सुचीमा परेनन् मेस्सी र रोनाल्डोनै : को-को परे ?

सर्बाधिक मुल्यवान खेलाडीको सुचीमा परेनन् मेस्सी र रोनाल्डोनै : को-को परे ?

एजेन्सी, माघ २०
स्पेनिस रियल मड्रिड हुँदै हाल इटालियन युभेन्टसमा पुगेका रोनाल्डो अहिले ३३ वर्षका भए । स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सी र इटालियन युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो विश्वका उत्कृष्ट फुटबल खेलाडीमा पर्छन् । सन् २००४ देखि बार्सिलोनाको जर्सीमा खेल्दै आएका मेस्सी अहिले ३१ वर्षका भए । यी दुवै खेलाडीले विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डिओर समान ५–५ पटक जितेका छन् ।

तर, विगत दशकदेखि विश्व फुटबलको केन्द्रमा रहेर राज गर्दै आएका मेस्सी र रोनाल्डो भने ‘विश्वकै सर्वाधिक मूल्यवान् प्लेइङ–११’ मा भने पर्न सकेनन् । हालसालै ‘ट्रान्सफर मार्केट’ ले सार्वजनिक गरेको ‘मूल्यवान् प्लेइङ–११’ मा मेस्सी र रोनाल्डो दुवै परेनन् ।

ट्रान्सफर मार्केट’ ले ‘मूल्यवान् प्लेइङ–११’ क्लबको आर्थिक अवस्थाको मूल्यांकन, खेलाडीको प्रदर्शन, खेलाडीको मूल्य, टोलीको सफलता, फ्यानहरूको भोटिङदेखि लिएर खेलाडीको रिलिज क्लजलगायत कुरालाई आधार बनाएर यो सूची बनाउने गर्छ ।

‘ट्रान्सफर मार्केट’ ले सार्वजनिक गरेको प्लेइङ–११ सूचीको कूल मार्केट भ्यालु १.११ बिलियन गरेको छ ।

यस्तो छ ‘मूल्यवान् प्लेइङ–११’ :

गोलरक्षक – ओब्ल्याक (एथ्लेटिको मड्रिड)

डिफेन्डर –

मार्सेलो (रियल मड्रिड)
राफाएल भाराने (रियल मड्रिड)
भान ड्जिक (लिभरपुल)
ड्यानी कार्भाहाल (रियल मड्रिड)

मिडफिल्डर –

एन्गोलो कान्टे (चेल्सी)

साउल (एथ्लेटिको मड्रिड)
केभिन डे ब्रुयान (म्यानचेस्टर सिटी)

फरवार्ड –

नेइमार (पिएसजी)
केलियन एमबाप्पे (पिएसजी)
ह्यारी केन (टोटेन्हम)

स्रोत; फुटबल खबर

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.