एजेन्सी, माघ २०
स्पेनिस रियल मड्रिड हुँदै हाल इटालियन युभेन्टसमा पुगेका रोनाल्डो अहिले ३३ वर्षका भए । स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सी र इटालियन युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो विश्वका उत्कृष्ट फुटबल खेलाडीमा पर्छन् । सन् २००४ देखि बार्सिलोनाको जर्सीमा खेल्दै आएका मेस्सी अहिले ३१ वर्षका भए । यी दुवै खेलाडीले विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डिओर समान ५–५ पटक जितेका छन् ।
तर, विगत दशकदेखि विश्व फुटबलको केन्द्रमा रहेर राज गर्दै आएका मेस्सी र रोनाल्डो भने ‘विश्वकै सर्वाधिक मूल्यवान् प्लेइङ–११’ मा भने पर्न सकेनन् । हालसालै ‘ट्रान्सफर मार्केट’ ले सार्वजनिक गरेको ‘मूल्यवान् प्लेइङ–११’ मा मेस्सी र रोनाल्डो दुवै परेनन् ।
ट्रान्सफर मार्केट’ ले ‘मूल्यवान् प्लेइङ–११’ क्लबको आर्थिक अवस्थाको मूल्यांकन, खेलाडीको प्रदर्शन, खेलाडीको मूल्य, टोलीको सफलता, फ्यानहरूको भोटिङदेखि लिएर खेलाडीको रिलिज क्लजलगायत कुरालाई आधार बनाएर यो सूची बनाउने गर्छ ।
‘ट्रान्सफर मार्केट’ ले सार्वजनिक गरेको प्लेइङ–११ सूचीको कूल मार्केट भ्यालु १.११ बिलियन गरेको छ ।
यस्तो छ ‘मूल्यवान् प्लेइङ–११’ :
गोलरक्षक – ओब्ल्याक (एथ्लेटिको मड्रिड)
डिफेन्डर –
मार्सेलो (रियल मड्रिड)
राफाएल भाराने (रियल मड्रिड)
भान ड्जिक (लिभरपुल)
ड्यानी कार्भाहाल (रियल मड्रिड)
मिडफिल्डर –
एन्गोलो कान्टे (चेल्सी)
साउल (एथ्लेटिको मड्रिड)
केभिन डे ब्रुयान (म्यानचेस्टर सिटी)
फरवार्ड –
नेइमार (पिएसजी)
केलियन एमबाप्पे (पिएसजी)
ह्यारी केन (टोटेन्हम)
स्रोत; फुटबल खबर