विराटनगर, माघ २०
जिल्ला तान डोरी संघ सुनसरीको प्रथम जिल्ला अधिवेशन समपन्न भएको छ । प्रथम जिल्ला अधिवेशनको बन्द शत्रले सर्वसम्मतीबाट निश्चलराज शाक्यको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गर्दै सो संघको प्रथम जिल्ला अधिवेशन दुहवीमा सम्पन्न भएको हो ।
अधिवेशनबाट सुनसरी जिल्ला तान डोरी संघको उपाध्यक्षमा रमेशबावु थापा, सचिवमा युवराज चौधरी, कोषाध्यक्ष सिर्जना भट्टराई, सदस्यहरु सन्तोष तामाङ, अशोक कुमार चौधरी, पुकार पोखरेल, अनुप चौधरी र कृष्ण तामाङ चयन भएका छन् ।
अधिवेशनको दुहबी नगरपालीकाका मेयर बेद नारायण गच्छदारले उद्घाटन गरेका थिए । सो अबसरमा बोल्दै मेयर गच्छदारले खेलको विकास र प्रवद्र्धनमा नगरपालिकाले विषेश योजना ल्याएको बताए ।
तान डोरी संघका केन्द्रिय सदस्य सत्य नारायण चौधरीले खेल क्षेत्रले अन्तराष्ट्रिय जगतमा नेपालको शिर उचो राख्दै आएको बताए । उनले तान डोरि खेल देशका सवै जिल्लामा पु¥याउने संघको योजना रहेको बताए ।