१० वर्षे विद्रोह मूर्खतापूर्ण थिएन: अध्यक्ष दाहाल

१० वर्षे विद्रोह मूर्खतापूर्ण थिएन: अध्यक्ष दाहाल

काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफूहरुलाई गरेको १० वर्से विद्रोह मूर्खतापूर्ण नभएको स्पष्ट पारेका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सशस्त्र द्वन्द्वका सहभागीहरुले विविध क्षेत्रमा गरेको उत्कृष्ट योगदानले त्यसको पुष्टि भएको दाबी गरेका थिए ।

अध्यक्ष दाहालले भने-‘मूर्खतापूर्ण रुपले हामी विद्रोहमा हाम्फालेका थिएनौँ, हरेक चुनौती सामना गर्छौैँ भनेर हिँडेका थियौँ,’ ‘अहिले पनि नयाँ चुनौती स्वीकार गर्ने गरी हिँडेका छौँ ।’

उनले त्यसबेला द्वन्द्वमा सहभागी सबै योद्धा सबैतिर उत्कृष्ट भएको देख्दा आफू प्रफूल्लित भएको पनि बताएको खबर अन्नपुर्ण पोष्ट दैनिकले छापेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.