सरकारले नेपाली नागरिकलाई एक खर्ब भन्दा बढीको जलविद्युत सेयर दिने

सरकारले नेपाली नागरिकलाई एक खर्ब भन्दा बढीको जलविद्युत सेयर दिने

काठमाडौं : सरकारले नेपाली नागरिकका लागि एक खर्ब दुई अर्ब २८ करोड रुपैयाँ बराबरको जलविद्युत आयोजनाको सेयर दिने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनताको जलविद्युत आयोजना कार्यक्रमअन्तर्गत तीन हजार ४७९ मेगावाट बराबरका १९ जलविद्युत आयोजनामा नेपालीलाई सो बराबरको सेयर दिन लागेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार काठमाडौंमा जनताको जलविद्युत आयोजना नामक कार्यक्रम सार्वजनिक गर्न लागेको ऊर्जा मन्त्रालयले जनाएको छ। ऊर्जामन्त्री वर्षमान पुनले श्वेतपत्रमार्फत ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी’ भन्ने नाराअन्तर्गत सबै प्रदेशका आयोजनालाई समेटेर तयार गरेको आयोजनाको लगानी ढाँचामा सर्वसाधरणको ४९ प्रतिशत सेयर रहेने उल्लेख छ।

कार्यक्रमअनुसार जनताले एक खर्ब दुई अर्ब २८ करोड रुपैयाँको जनताले सेयर पाउने छन्। जनतालाई दिने गरी प्रस्ताव गरिएको १९ वटै आयोजनाहरु सरकारी संस्थान र कम्पनीहरुले निर्माण अघि बढाउन लागको ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले जानकारी दिए। ,याे समाचार आजको कारोबार दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.