भ्रष्टाचार आरोपी दुई निर्देशकसहित १४ जनालाई सफाई

भ्रष्टाचार आरोपी दुई निर्देशकसहित १४ जनालाई सफाई

विशेष अदालतले भ्रष्टाचारको आरोपी स्वास्थ्य सेवा विभागका दुई निर्देशकसहित १४ जनालाई सफाई दिएको छ ।

अध्यक्ष बावुराम रेग्मी र सदस्यहरु चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठको इजलासले बालबालिकाको खोप अभियान सञ्चालनका क्रममा फर्जी कागजात पेस गरेको आरोप खेपेका विभागका निर्देशकहरु श्यामराज उप्रेती, तारानाथ पोख्रेललगायतलाई सफाई दिएको हो ।

अख्तियारले उनीहरुविरुद्ध एक करोड १२ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाएर २०७१ साल कात्तिक १७ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सफाई पाउनेमा दुई निर्देशकसहित अधिकृतहरु दीपक तिमिल्सिना, ठाकुर बस्नेत, लिला विक्रम थापा, प्रेमकुमार श्रेष्ठ, शम्भु बाबु तिवारी, शंकर आचार्य, शंकरदेव जोशी, दिपकराज चौलागाई, डिकबहादुर विष्ट, हरि अधिकारी, महेन्द्रकुमार शर्मा, तेज प्रकाश प्रसाईं छन् ।, आजको कान्तिपुरमा यो खबर छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.