विराटनगर, पुस २५
जीवनमा सफलता हासिल गर्ने इच्छा सवैमा हुन्छ । कसले चाहँदैन आफुलाई सवै प्रकारको सफलता प्राप्त होस भनेर । जिवनमा सवै सुख प्राप्त गर्ने माध्यम पैसा नहुन सक्छ तर भौतिक सुखको कुरा गर्दा यो पैसा बाहेक सम्भव छैन ।
आजको जमानामा खुशि त्यहि व्यक्तिलाई मानिन्छ जो सँग प्रयाप्त धन हुन्छ । धननै आज सुखमय जीवनको आधार मानिन्छ । विश्वमा यस्ता व्यक्तिहरु छन् जसले थोरै मेहनेतले पनि धेरै सफलता पाएका छन् । तर, यस्ता मान्छेहरुपनि छन् जसले रात दिन मेहनेत गरेपनि सफलता प्राप्त गर्न सकिरहेका हुँदैनन् र निरास बनि रहेका हुन्छन् ।
हिन्दू धर्ममा रामायणलाई जीवन जीउने आधार मानिन्छ । रामायणले हामिलाई जीवन जीउने बाटो देखाउँछ । रामायणले जिवनका हर पलमा हामीलाइ जीवन को आदर्श र धमका अनुसार बाँच्न प्रेरित गर्दछ । रामायणमा केही व्यक्तिहरु सँग धन किन रहँदैन उल्लेख गरेको पाइन्छ । आज हामी तपाइँलाई यही कुराहरु बताउदैछौँ ।
रामायणका अनुसार तपाईको जिवन साथि ठिक छैन भने तपाईको घरमा लक्ष्मिको कहिल्यै बास हुँदैन । भनिन्छ एउटी सम्भ नारीले घर पुरै सम्हाल्न सक्दछीन र घरलाई स्वर्ग जस्तै बनाएर राख्न सक्छिन् । तर जसले आफ्नो जिवन साथिलाई धोका दिन्छन् उनीहरु सँग लक्ष्मिको कहिल्यै बास हुँदैन ।
रामायणका अनुसार जुन व्यक्तिले घमण्ड गर्दछ उ सँग कहिल्यै धन हुँदैन । यदी कसैसँग छ भनेपनि त्यो चाँडै समाप्त भएर जान्छ । धन आफु सँग राख्न घमण्ड त्याग गर्नुपर्छ ।
रामायणका अनुसार कुनै घरमा मादक पदार्थ सेवन हुने गर्दछ त्यस घरमा लक्ष्मिको कहिल्यै बास हुँदैन । यदी तपाईलाई यस्तो बानि भए तत्काल त्या गर्नुस तपाईलाई फलिफाप हुने छ ।