विशेष कार्यक्रमका साथ न्यूरोले मनायो विश्व छारे रोग दिवस

१२ चैत ७५, बुधबार

विराटनगर, चैत १२
विश्व छारे रोग दिवसको अवसरमा विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले प्रभातफेरीको आयोजना गरेको छ । विभिन्न नारा लेखिएका प्लेकार्ड, व्यानरसहितको प्रभातफेरीमा अस्पतालका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट, वरिष्ठ न्यूरो सर्जन डाक्टर यमबहादुर रोक्का , वरिष्ठ इन्टरभेन्सनल न्यूरोलोजिष्ट डा. सर्मथ सिंहलगायत विभिन्न चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीको सहभागीता थियो ।

प्रभातफेरीमा न्यूरो हेल्थ कलेजका विद्यार्थीले समेत सहभागिता जनाएका थिए । न्यूरो अस्पतालबाट सुरु भएको प्रभातफेरी विराटनगर बजारको परिक्रमा गरि तुलशा मदर एण्ड चाइल्ड हस्पिटल हुँदै पुनःन्यूरो अस्पतालमा समापन भएको थियो । सो अवसरमा छारे रोगप्रति व्याप्त भ्रम तथा अन्धविश्वासविरुद्ध कलेजस्तरीय निबन्ध प्रतियोगिता आयोजना गरियो भने छारे रोगबारे निःशुल्क परामर्श सेवासमेत दिइएको थियो ।

Advertisement

 

निबन्ध प्रतियोगितामा अरनिको आवसिय बिद्यालयकी अग्रिमा सापकोटा प्रथम , नेपाल बिजनेस कलेजकी इलिना थापा द्वितिय र नेपाल बिजनेस कलेजकै साहाजेब हक तृतीय भएका थिए । विजयीहरुलाई न्यूरो अस्पतालका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा विष्टले प्रथमलाई रु ५हजार ,द्वितियलाई ३ हजार र तृतीयलाई २ हजार नगदसहित सम्मान गरिएको थियो ।

Advertisement

यस्तै छारे रोग दिवसको अवसरमा विभिन्न परीक्षणमा २५ प्रतिशत छुट तथा एक महिनाको निःशुल्क औषधि प्रदान गरिएको न्यूरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । त्यसअवसरमा ४९ जना छारे रोगका बिरामीले स्वास्थ्य लाभ लिएका थिए । छारे रोग नशा सम्बन्धी रोगको एक प्रकार हो तर यसप्रति व्याप्त अन्धविश्वास, भ्रम तथा रुढीवादी परम्पराले गर्दा यस रोगका बिरामीहरु सही उपचार नपाएर गाउँघरमा अल्मलिने गरेको चिकित्सकहरुले बताएका छन । नेपालमा करिव १ लाख ५० हजार बढी छारे रोगका बिरामी रहेको तथ्यांक छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top