आईपीएल : कडा प्रतिष्पर्धामा मुम्बईसँग विराटको बेंगलोर पराजित

१४ चैत ७५, शुक्रबार

एजेन्सी, चैत १५
जारी इन्डियन प्रिमियर लिग (आईपीएलमा)को बिहीबार राती सम्पन्न सातौँ खेलमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि मुम्बई इन्डियन्सले रोमान्चक जित हात पारेको छ ।बेंगलोरको घरेलु मैदानमा एम चिन्नास्वामी क्रिकेट स्टेडियमा भएको खेलमा लाथिस मलिङ्गाले अन्तिम ओभरमा जितको लागि १७ रन चाहिएको अवस्थामा ११ रन मात्र खर्चिएपछि मुम्बईले ६ रनको रोमान्चक जित हात पारेको हो ।

Advertisement

१ सय ८८ रनको लक्ष्य पक्ष्याएको बंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८१ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा बेंगलोरलाई जितको लागि १७ रन चाहिएको थियो । लाथिस मलिङ्गालाई शिवम दुबेले पहिलो बलमा छक्का प्रहार गरे पनि अन्य पाँच बलमा ४ रन मात्र जोड्न सकेपछि पराजित हुन पुगेको हो । यद्यपी टेलिभिजन रिप्लेमा अन्तिम बल नोबल भएको देखिएपछि कप्तान कोहली लगायत बेंगलोरका स्टाफ अम्पायरप्रति आक्रोशित देखिएका थिए ।

बेंगलोरका डी विलियर्सले ४१ बलमा ४ चौका र ६ छक्का सहित ७०रनमा अविजित रहेपनि टोलीको हार टार्न सकेनन् । मयंक मारकन्डेको सातौं ओभरको अन्तिम बलमा बलमा युवराज सिंहले एवि डी विलियर्सको सिलिपमा क्याच छोड्दा जीवन दान पाएका थिए ।

Advertisement

कप्तान विराट कोहलीले ४६ रनको योगदान दिए । योसँगै विराटले आफ्नो आईपीएल करियरमा ५ हजार रन पुरा गरेका छन् । उनले १३.४ ओभरमा जसप्रित बुमराहले हार्दिक पान्ड्याबाट क्याच गराउनु अघि कोहलीले ३२ बलमा ६ चौका प्रहार गरे । बेंगलोरका ओपनर मोईन अली १३, पार्थिव पटेल ३१, शिम्ररोन हिटमायर ५, कोलिन डि ग्रान्डहोम २ रनमा आउट हुँदा दुबे ९ रनमा अविजित रहे । मुम्बईको जितमा जसप्रित बुमराहले ३ र मयंक मारकंडेले १ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ३३ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ४८ रन जोडे । सूर्यकुमार यादव ३८, क्विन्टन डी कक र युवराज सिंहले समान २३ रन बनाए । हार्दिक पान्ड्याले अन्त्यतिर १४ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३२ रनमा अविजित रहे ।

Advertisement

ओपनर रोहित शर्मा र क्विन्टन डी ककले पहिलो विकेटका लागि ६।३ ओभरमा ५४ रनको साझेदारी गर्दै मुम्बईलाई राम्रो सुरुवात दिलाए । डी ककलाई युजवेन्द्र चाहालले बोल्ड गर्दै ओपनर साझेदारी तोडे । ११ औं ओभरको चौथो बलमा रोहित शर्मालाई उमेश यादवले मोहम्मद सिराजबाट क्याच आउट गराउदै पेभिलिएन फर्काए । युवराजले १४ औं ओभरको पहिलो,दोस्रो र तेस्रो बलमा चाहाललाई लगातार छक्का प्रहार गर्दा चौथो बलमा ठूलो शट खेल्ने क्रममा बाउन्ड्री नजिकै मोहम्मद सिराजले क्याच गरेसँगै मुम्बईको विकेट निरन्तर गुम्दा ठूलो स्कोर बनाउन चुकेको हो ।

मुम्बईका अन्य क्रुनाल पान्ड्या १, काइरान पोलार्ड ५ र मिचेल म्याकक्लेघान १ रनमा आउट भए । बेंगलोरका लागि स्पिनर युजवेन्द्र चाहलले ४ ओभरमा ३८ रन खर्चेर ४ विकेट लिए । त्यस्तै उमेश यादव र मोहम्मद सिराजको नाममा समान दुई विकेट रह्यो । यस अघि आईपीएलको पहिलो खेलमा मुम्बई दिल्लीसँग ३७ रनले पराजित हुँदा बेंगलोर चेन्नईसँग ७ विकेटले पराजित भएको थियो । बेंगलोरले आफ्नो तेस्रो खेल ३१ मार्चमा सनराइज हैदरावादसँग खेल्नेछ । त्यस्तै मुम्बईले किंग्स इलाभने पञ्जावसँग ३० मार्चमा खेल्ने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top