एसईई : फेरी सप्तरीमा सामाजिक विषयको प्रश्‍नपत्र बाहिरियो !

सप्तरी, चैत १५
सप्तरीमा एसईई परीक्षाको ‘अनिवार्य सामाजिक अध्ययन’ विषयको प्रश्नपत्र पनि परीक्षा अगावै बाहिरिएको छ। बिहीबार सामाजिक अध्ययनको प्रश्नपत्र सामाजिक सञ्जालहरुमा देखा परेको हो।

Advertisement

एक दिन अघि विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि बिहीबार मात्र प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो।  राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रश्नपत्र बाहिरिएको विषयमा अध्ययन अनुसन्धान गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी चार सदस्यीय छानबिन समिति गठन गरेकै दिन बिहीबार सामाजिक अध्ययनको प्रश्नपत्र सामाजिक सञ्जालहरुमा देखा परेको हो।

विज्ञान विषयको प्रश्नपत्रसँग समूह र नम्बरसहित लेखिएको हुबहु मिल्दो चिटहरु सप्तरी र सिरहामा फेला परेको थियो । त्यस्तै शुक्रबार हुने सामाजिक अध्ययन विषयको परीक्षाको प्रश्नपत्र जनकपुरबाट बिहीबार नै फेला परेको छ। सामाजिक सञ्जालमार्फत देखिएका प्रश्नपत्र आधिकारिक रहे वा नरहेको बारे शुक्रबारको परीक्षा सुरु भएपछि मात्र पुष्टि हुनेछ।

Advertisement

परीक्षाको ठिक एक दिन अगाडि प्रश्नपत्र बाहिरिने कार्यमा शिक्षा क्षेत्रका माफियाहरुको मिलोमतो रहेको स्रोतले बताएको छ ।  प्रदेश २ मा ७० हजार पाँच सय ६८ परीक्षार्थीले परीक्षा दिइरहेको परीक्षा नियन्त्रक विष्णु अधिकारीका भनाइ छ।

सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले सुरक्षित साथ राखिएको प्रश्नपत्र सप्तरीबाट नभइ अन्यत्रबाट नै बाहिरिएको दावी गर्छन्। सम्पूर्ण प्रश्नपत्र आफूहरुकहाँ शिलबन्दीमै रहेको र परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अघि मात्र परीक्षा केन्द्रहरुमा र्पुयाइने गरिएको बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top