मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश एकको अध्यक्षमा हरिशंकरप्रसाद साह

१७ चैत २०७५, आइतबार
Share this
688shares

विराटनगर, चैत १७
मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश एकले हरिशंकरप्रसाद साहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । विराटनगरमा सम्पन्न दुईदिने प्रथम अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

Advertisement

संघीय प्रेस फोरम नेपाल जिल्ला कार्य समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी कार्य समितिको नाम सार्वजनिक गरेको छ । साहको अध्यक्षतामा निर्विरोध चयन गरिएको समितिको चार उपाध्यक्षहरुमा सुरेशकुमार पण्डित, मन्जु यादव, मनोजकुमार यादव, रामनारायण शर्मा र गिरधारीप्रसाद साह रहेका छन् ।

यसैगरी मुख्य सचिव, सचिवद्वय र कोषाध्यक्षमा क्रमशः शिवनारायण यादव, अजय मण्डल, रामानन्दप्रसाद गुप्ता र रामअवतार यादव रहेका छन् । फोरमको सदस्यहरुमा हरिनारायण यादव, रविन्द्रकुमारकुमार महतो, रेणुका चौधरी, कञ्चन ठाकुर र सुरेश महतोलाई चयन गरिएको छ ।

Advertisement

सो अवसरमा अध्यक्ष साहले सरकारले गरेको कर्मचारी समायोजनामा स्वास्थ्यकर्मीहरुलाई तह घटुवा गरेको आरोप लगाउँदै अविलम्व सच्च्याउनुपर्ने अन्यथा आफूहरुले आन्दोलन गर्ने चेतावनी दिए ।

यस्तै स्वास्थ्यकर्मी फोरमका केन्द्रीय महासचिव कृष्णलाल यादवले कर्मचारी समायोजनामा स्वास्थ्यका कर्मचारीलाई गरिएको विभेद अन्त्य गर्नुका साथै समायोजन भएका कर्मचारीको नाम चाँडै सार्वजनिक गर्नु माग गरे । मधेशी स्वास्थ्यकर्मी फोरमको प्रदेश १ का १४ जिल्लामा गरी चार सय सदस्य छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top