नयाँ वर्षमा ए टु जेडको अफरै अफर

नयाँ वर्षमा ए टु जेडको अफरै अफर

विराटनगर, चैत २९
विराटनगरको जलजला चौकमा रहेको ‘ए टु जेड मोबाईल केयर’ ले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा ग्राहकहरुलाई विशेष अफर दिने भएको छ ।मोबाईल केयरले नयाँ वर्षमा मोबाईल लगायतका विभिन्न सामाग्रीहरुको खरिदमा छुट सहितको विशेष अफर ल्याएको ए टु जेड मोबाईल केयरका सन्चालक जगदीश डागाले बताए ।

उनले सम्पुर्ण ग्राहकहरुलाई नयाँ वर्षको शुभकामना दिँदै मोबाइल केयरको विशेष अफर नछुटाउन आग्रह गरे । विभिन्न समयमा ग्राहकका लागि विभिन्न अफर ल्याउँदै आएको मोबाईल केयरले यसअघि एसईई दिने विद्यार्थीलाई लक्की ड्र मार्फत ३२ इन्चको एलईडी टिभी जित्ने अफर ल्याएको थियो ।

बैशाख २ गतेसम्म लागु हुने लक्की ड्रको अन्तिम नतिजा बैशाख २ गते सोमबार नै सार्वजनिक गरिने उनले जानकारी दिए । सो मोबाईल केयरले सामसुङ, ओप्पो, लाभा, भिभो, एमआई लगायत सबै ब्राण्डका मोबाईलहरुको कारोबार गर्दे आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.