मन्त्री पण्डितद्वारा दिव्यनगर मृत्यूङ सडक शिलान्यास

विराटनगर, बैशाख ७
नवलपुर जिल्लाको देवचुली नगरपालिका–१२ स्थित दिव्यनगर मृत्यूङ कालोपत्रे सडकको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले शिलन्यास गरेका छन् ।

Advertisement

देवचुली नगरपालिका–१२ को प्रथम वडा दिवसका अवसरमा मन्त्री पण्डितले सो कालोपत्रे सडकको शिलन्यास गरेका हुन् । सो अवसरमा मन्त्री पण्डितले सरकारले तराई मधेशको विकासमा उपेक्षा गरिरहेको बारम्बार गुनासो आउने गरेकाले नेपाल कम्यूनिष्ट पार्टी नेतृत्वको सरकारले पहिलो पटक तराई मधेश समृद्धि कार्यक्रम देशका २१ जिल्लामा लागु गरेको जानकारी दिए ।

उनले तराई मधेशको विकास र समृद्धिका लागि सो कार्यक्रम मार्फत सुकुम्वासीका लागि आवस निर्माण, सडक, पुल, कल्भर्ट, विद्यालय भवन निर्माण तथा संस्कृति संरक्षण लगायतका कार्यक्रमहरु सञ्चालन भइरहेको बताउँदै अब तराई मधेशको समृद्धि र विकास कसैले रोक्न नसक्ने बताए ।

Advertisement

उनले भने ‘मधेशमा सरकारले केही गरेन भन्ने तराईहरुको गुनासो रहिरहन्थ्यो । त्यही गुनासो सम्बोधन गर्न हामीले यो कार्यक्रम लागु गरेका हौँ । अब तराई मधेशको विकास र समृद्धि तिब्र गतिमा अगाडी बढ्छ । कसैले रोक्न सक्दैन ।’

मन्त्री पण्डितले सो जिल्लामा उक्त कार्यक्रम मार्फत पहिलोपटक आयोजना परेकोमा आगामी दिनमा पनि सहि योजना आए आँफुलेसहयोग गर्ने प्रतिवद्धता जनाए ।

Advertisement

कार्यक्रममा प्रतिनिधि सभा सदस्य तिलक महत, प्रदेश सभा सदस्य रोशन बहादुर गाहा,देवचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठ, उपमेयर पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद भुसाल, बिभिन्न वडाका वडाध्यक्षहरुलगायतको उपस्थिति रहेको थियो । वडा दिवसका अबसरमा वडाध्यक्ष दिनानाथ भुसालले वडाको प्रगति विवरण पढेर सुनाएका थिए ।

उक्त ५ किलो मिटर सडक चालु आर्थिक वर्षमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको तराई मधेश सम्मृद्धि कार्यक्रमको १ करोड, देवचुली नगरपालिकाको १० लाख र स्थानीयको जनसहभागितामा निर्माण हुने नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) का प्रदेश नं. १ कमिटीका सदस्य सत्यनारायण चौधरीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top