×

NEPAL TIMES UPDATES

Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026

श्रीलंका बम आक्रमण स् जब आक्रमणकारी र पादरी आमने–सामने भए‘

११ बैशाख २०७६

काठमाडौं, वैशाख ११
श्रीलंकामा गत आइतबार भएको बम विस्फोटमा परी मृत्यु हुनेको संख्या ३ सय १० पुगेको छ । पीडित परिवारले आफ्ना मृत सदस्यको अन्तिम संस्कारको तयारी गरेका छन् । यो दर्दनाक घटनामा एक चर्चका पादरी फादर स्टेनलीले आक्रमणभन्दा अघि कथित आक्रमणकारीसँग भएको आफ्नो कुराकानीबारे सञ्चारमाध्यमलाई बताएका छन् ।

कथित आक्रमणकारीसँग फादर स्टनलीको सामना श्रीलंकाको मट्टकालाप्पु क्षेत्रस्थित सियान चर्चमा भएको थियो । यो चर्चमा भएको आक्रमणमा २६ जनाको मृत्यु भएको थियो जसमा बच्चाहरु बढी परेका छन् ।

फादर स्टेनलीले अन्तर्रा्ष्ट्रिय समाचार संस्था बीबीसीलाई यस्तो बताएका छन् स्
हाम्रा पादरी विदेशमा छन्, सहायक पादरी पनि थिएनन् । उनीहरुले मलाई केही नयाँ मानिसहरुसँग भेटाएका थिए । सायद, कथित रुपमा त्यो व्यक्तिसँग पनि जसले आक्रमण गर्यो । मैले उसँग कुरा गरेँ । उसलाई चर्च्भित्र बोलाएँ । उसले मानेन र भन्यो कि ऊ कुनै फोन कलको पर्खाइमा छ । त्यस्तैमा फोन आयो र उसले उठायो । उसले सर्भिस सुरु हुने समय सोध्यो ।

हाम्रो अफिस चर्चको नजिकै छ । त्यो मान्छे त्यही उभिएको थियो । उसले मसँग सोध्यो कि सर्भिस कतिबेला सुरु हुन्छ ? मैले जवाफ दिए र उसलाई चर्च्भित्र फेरि बोलाएँ । हामी सधैं सबैको स्वागत गर्छौं । उसले एउटा ब्याग भिरेको थियो । अगाडि क्यामरेजस्तो अर्को पनि चिज भिरेको थियो । त्यो समय म त्यो मान्छेको उद्देश्य थाहा थिएन । केही बच्चाले भनेका छन् कि आक्रमण त्यही मान्छेले गरेको हो ।

एकपटक जब सर्भिस सुरु भयो तब म भित्र गएँ । यसको दुईदेखि तीन मिनेटपछि बाहिर बम विस्फोट भयो । बम चर्च्भित्र विस्फोट भएन । केही बच्चाहरु आफ्ना सन्डे क्लासपछि चर्चबाहिर पानी पिइरहेका थिए । उनीहरु यसपछि मात्रै चर्च्भित्र आउने गरेका थिए । ती बच्चासहित अन्य केही मानिस त्यो समय चर्च्भित्र आइरहेका थिए । त्यही बेला बम विस्फोट भयो ।

विस्फोटपछि सबैतिर कोलाहल मच्चियो । गाडि र जेनेरेटरमा आगो लाग्यो । आगलागीका कारण विस्फोटमा घाइते भएकाहरुलाई हामीले बचाउन सकेनौं । केही बच्चालाई भने निकाल्न सफल भयौं ।

चर्चमा पहिलो विस्फोटको केही छिनमै फेरि अर्को विस्फोट भयो । हामीले मानिसहरुलाई बचाउन निकै प्रयास गर्यौं । हामीले दोस्रोपटक विस्फोट भएको आवाज सुन्यौं । त्यसपछि सबै थोक आगोमा बदलियो । को बाँच्यो र को मर्यो भन्ने कुरा भुलेर हामी यताउती भाग्न थाल्यौं । भागदौडमा मेरी श्रीमती र बच्चा हराए । यसपछि मैले उनीहरुको खोजी सुरु गरेँ । पछि अस्पतालमा भेट्टाएँ । आक्रमणबाट कैयौं बच्चाहरुको मृत्यु भयो । मलाई यतिमात्रै थाहा छ ।

इस्लामिक स्टेटको दाबी
तथाकथित स्लामिक स्टेटेले आफ्ना मिडिया पोर्टल ‘अमाक’मा यो आक्रमणको जिम्मेवारी लिएको उल्लेख गरेको छ । तर, उसको यो दाबीको पुष्टि भएको छैन । किनकि, इस्लामिक स्टेटले आक्रमणपछि आक्रमणकारीको तस्बिर प्रकाशित गरेर आक्रमणको जिम्मेवारी तत्कालै लिने गरेको छ ।

श्रीलंकामा भएको आक्रमणको तीन दिनपछि मात्रै सो संगठनले आक्रमणको जिम्मा लिएकाले उसको दाबी सही नभएको आशंका पनि गरिएको छ । श्रीलंका सरकारले एक स्थानीय जेहादी गुट–नेसनल तौहीद जमातलाई आक्रमणको जिम्मेवार मानेको छ । अधिकारीहरुले बम आक्रमण अन्तर्रा्ष्ट्रिय नेटवर्कको सहयोगबाट गराईएको हुन सक्ने बताएका छन् ।

अहिलेसम्म ३८ जनालाई हिरासतमा लिइएको छ । यीमध्ये २६ जनालाई सीआईडीले, तीन जनलाई एन्टी करप्सन ब्यूरोले र नौजनालाई प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तार गरिएकामध्ये नौ जनालाई मात्र अदालतमा पेश गरिएको छ । अदालतमा पेश गरिएका नौजना वेल्लमपट्टीस्थित एक फ्याक्ट्रीका कामदार हुन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top