×

NEPAL TIMES UPDATES

Playing
१२ गते सपथ, १३ गते सरकार गठन, १६ गते संसद्को अधिवेशन|| Nepal Times#balen #nepal #rsp
Mar 22, 2026
Playing
किन दुर्घ ट नातर्फ जाँदैछ नेपाली फुटबल ? प्रतिबन्धको जोखिम || Nepal Times
Mar 22, 2026
Playing
एमालेमा पूर्वमाओवादी: बादललाई लाभ अरू बदनाम र गुमनाम || Nepal Times
Mar 22, 2026
Playing
इरानी आ क्रम णबाट अमेरिकी अड्डामा झण्डै १ खर्ब २० अर्ब बराबरको क्ष ति || Nepal Times
Mar 22, 2026
Playing
होर्मुजमा २२ देशबाट घेरियो Iran, Trumpले दिए ४८ घण्टा, Israelमा भीषण हम ला || Nepal Times
Mar 22, 2026
Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026

श्रीलंका आक्रमण : गोली हानाहान भएको स्थानमा १५ शव भेटियो

१४ बैशाख २०७६

काठमाडौं, वैशाख १४
श्रीलंकामा प्रहरी र सशस्त्र समूहबीच शुक्रवार गोली हानाहान भएको स्थानबाट १५ जनाको शव फेला परेको छ । आइतवारको आक्रमणसँग सम्बन्धित सन्दिग्ध स्थानहरूमा छापा मार्ने क्रममा सशस्त्र समूहसँग भिडन्त भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्राप्त सूचनाको आधारमा बाटिकलोआ नजिकै अम्पारा साइतन्मरुतुमा छापा मारिएको थियो ।

एउटा सशस्त्र समूहले त्यहाँ विस्फोट गराएको थियो । त्यसपछि गोली हानाहान भएको थियो । शनिवार बिहान सशस्त्र सैन्य भिडन्त भएको स्थानमा प्रवेश गर्दा त्यहाँ १५ जनाको शव फेला परेको थियो । ति शव सन्दिग्ध बन्दूकधारीहरूको भएको ठानिएको छ । तर दोहोरो गोली हानाहान हुँदा केही गैरसैनिकहरू पनि मारिएका हुनसक्ने बताइएको छ । घटनास्थल आइतबारको हमलाहरूका मुख्य योजनाकार भएको आशंका गरिएका व्यक्ति एकजना चरमपन्थी धर्मगुरु जाहरान हाशिमको गृहनगरबाट नजिकै रहेको छ ।

Advertisement

सोही स्थानमा भएको अर्को कार्वाहीमा प्रहरीले आइएसको झण्डा, १५० थान जिलेटिन, हजारौँ स्टिलका गेडीहरू र एउटा ड्रोन क्यामरा फेला परेको सेनाको प्रवक्ताले बताएका छन् । स्थानीय पत्रिकाहरूले प्रहरीलाई उद्धृत गर्दै शुक्रवार देशभरीबाट १० जना गिरफ्तार गरिएको जनाएका छन्। प्रहरीले आइतबारको आक्रमणमा संलग्नताको आशङ्कामा हिरासतमा लिएकाहरूको सङ्ख्या ८० पुगेको छ ।

राष्ट्रपति मैत्रीपाल सिरिसेनाले आइएससँग सम्बन्ध भएको आशंका गरिएका मानिसहरूको संख्या देशभरिमा १३० जना रहेको ठानिएको र प्रहरीले ति मध्ये अझै ७० जनालाई खोजिरहेको बताएका छन् । श्रीलंकाको क्याथोलिक चर्चले आइतवारको प्रार्थना कार्यक्रम अर्को सूचना जारी नभएसम्मकालागि स्थगित गरेको छ ।

कोलम्बोका आर्च्बिसप म्याल्कम रन्जितले थप आक्रमणको धम्की दिइएको चुहाइएका दस्तावेजहरू आफूले देखेको बताएका छन् । उनले आइतवार बम हमलाहरूका सम्बन्धमा पहिले नै प्राप्त चेतावनीका सम्बन्धमा सरकारले समयमै कदम नचालेकोमा आफूले ‘धोका पाएको’ अनुभव गरेको पनि बताएका छन् । ‘हामीलाई केही थाहा थिएन। त्यो चट्याङ्गको रूपमा आयो,’ उनले भने । श्रीलंकाका प्रधानमन्त्रीले पनि महत्वपूर्ण गुप्तचर जानकारीहरू आफूलाई पनि नदइिएको बताएका छन् । आर्च्बिसप म्याल्कम रन्जिथले थप आक्रमण हुन सक्ने डर रहेको बताए ।

शृङ्खलाबद्ध विस्फोटका आरोपित नाइके जहरान हाशिम आक्रमणमा मारिएको राष्ट्रपति सिरिसेनाले बताएका छन् । राजधानी कोलम्बोस्थित साङ्ग्रीला होटेलमा गराइएको विस्फोटमा कट्टरपन्थी उपदेशक हाशिम पनि मारिएको सिरिसेनाले बताए । उनका अनुसार “इल्हाम“ नाम गरेका अर्का बम आक्रमणकारीसँगै हाशिमले लोकप्रिय पर्यटक होटलमा आक्रमण गरेका थिए।

श्रीलङ्का आक्रमणका सन्दिग्ध नाइकेकी बहिनी भन्छिन्, ’उनको कार्यको निन्दा गर्छु’ कोलम्बोस्थित केही होटल तथा गिर्जाघरहरूमा अघिल्लो आइतवार गराइएका विस्फोटमा कम्तीमा २५० जना मारिएका थिए। आक्रमणमा स्थानीय इस्लामवादी उग्रवादी समूह न्याशनल तौहिद जमातको हात रहेको श्रीलङ्काका अधिकारीहरूको आरोप छ । आक्रमणमा नौजना सन्दिग्ध हमलाकारी सामेल रहेको बताइन्छ । बीबीसी

भर्खरको समाचार

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

सम्बन्धित खबरहरु

Scroll to Top