पोखरा, वैशाख १६
पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावन मार्ग र एप्रोन (यात्रु झार्ने तथा बोक्ने स्थल) को निमार्ण पूरा भएको छ । रिजीट कंक्रिट पेभमेन्टको आधारमा पोखरा विमानस्थलको धावनको मार्ग र एप्रोनको निमार्ण पूरा गरिएको हो । धावन मार्ग तीन तहमा निमार्ण भएको छ भने २ हजार ५ सय मिटर लम्बाई र ४५ मिटरको चौडाइ रहेको विमानस्थल निमार्ण आयोजनका प्रमुख विनेस मुनाकर्मीले जानकारी दिए ।
धावन मार्गको पहिलो तह २०, दोस्रो २० र तेस्रो तहमा ३४ गरी ७४ सेन्टीमिटर रिजीट कंक्रिटको प्रयोग गरिएको छ । रिजीट कंक्रिटको प्रयोग नेपालमा पहिलोपटक गरिएको हो ।
पिच भन्दा रिजीट कंक्रिट पेभमेन्टको धावन मार्ग बढी दिगो हुने आयोजनाको दावी छ । यस्तै विमानस्थलको एप्रोन (यात्रु झार्ने तथा वोक्ने स्थल) को समेत निमार्ण सकिएको छ ।
पोखरा विमानस्थलको करिब ३७ प्रतिशत भन्दाबढी काम पूरा भएको आयोजना प्रमुख मुनाकर्मीले जानकारी दिए । उनका अनुसार बाँकी भौतिक संरचनाको निमार्ण द्रूत गतिमा भइरहेको छ । असार मसान्तभित्र ४० प्रतिशत भन्दा बढी निमार्णको काम पूरा हुने आयोजनाको विश्वास छ ।
परियोजनामा १४ वटा भवन निमार्ण हुने भए पनि हालसम्म ५ भवन बनेको चाईनिज सिएएमसी कम्पनिका जनसम्पर्क अधिकृत कृष्ण प्रसाद चापागाईले जानकारी दिए । अन्य ५ भवनको पनि स्टिल संरचना बाहेक ९० प्रतिशत निमार्ण पूरा भएको छ ।
टर्मिनल भवनको फाउण्डेसन टाईपिङ सहितको निमार्ण कार्य सकिए पनि फिनिसिङको काम बाँकी छ । १ हजार २ सय मिटर लम्बाइको ट्याक्सी वे को समेत तेस्रो तहको ढलान अर्थात् रिजिट पेभमेन्ट गर्न बाँकी छ ।
विमानस्थल निर्माणमा दैनिके २ सय चीनियाँ कामदार र ३ सय नेपाली गरी ५ सय जना खटिएका छन् । विमानस्थलमा हुने पानीलाई व्यवस्थापन गर्न ड्रप स्टक्चरको निमार्ण भइरहेको छ ।
विमानस्थलको रिङरोड र लाईटिङको काम जारी छ । अधिकांश भौतिक संरचना निमार्णको काम अन्तिम चरणमा पुगेको छ । चिनबाट स्टिल भित्रिएसँगै स्टील जडानको काम गर्ने विमानस्थलले जनाएको छ ।
