अदालत आफैंमा यसरी जुहारी भएको हो
योनी कानुनले लिंग बलात्कारी भएको हो
माक्स,लेनिन, माओको अष्पष्ट सिद्धान्तले
बुद्वको चेलो पनि हतियारधारी भएको हो
उ बौद्धिक छ औपचारिक शिक्षा नगरे पनि
र त शीर उसकै पैतालालाई भारी भएको हो
संघीयता देशमा पहिल्यै आएको हुनुपर्छ
त्यसैले टिष्टा,काँगडा नेपाल पारी भएको हो
कृषि प्रधान मुलुकको संक्षिप्तमा बयान गर्दा
खोरिया,जङ्गल र खेत चाहिँ बारी भएको हो
साहुको ऋण लिएर उ अख्तियारमा प्रवेश छ
सोच्नुस् अब कहाँबाट भ्रष्टाचारी भएको हो ?
– हेमन्त खड्का