लोक सेवा आयोगको विज्ञापनविरुद्ध विद्यार्थीहरुको प्रर्दशन

२७ जेठ ७६, सोमबार

२७ जेष्ठ, २०७६

Advertisement

संयुक्त विद्यार्थी संघर्ष समितिले पनि स्थानीय तहको कर्मचारी नियुक्तीका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ ।

संविधानको मर्म र भावना विपरित खुलाइएको सो विज्ञापन सच्याउन दवाव दिँदै समितिले सोमबार काठमाडौंको माईतीघर मण्डलामा सरकारविरुद्ध प्रद्र्रशन गरेको हो । समावेशी र समानुपातिक सिद्धान्त विपरित लोक सेवा आयोगले विज्ञापन खुलाएकाले त्यसविरुद्ध सडक संघर्ष गर्नु परेको नेपाल विद्यार्थी संघका नेता कपिलेश्वर यादवले जानकारी दिए ।

Advertisement

प्रर्दशनका क्रममा विद्यार्थी नेताहरुले संविधानको मर्म विपरित लोक सेवा आयोगमार्फत् विज्ञापन खुलाएको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । उनीहरुले सो विज्ञापन तत्काल रद्द नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top