भारतीय अभिनेता गिरीश कर्नाडको निधन

२७ जेष्ठ, २०७६

Advertisement

प्रसिद्ध भारतीय चलचित्र निर्देशक, नाटककार, तथा लेखक गिरीश कर्नाडको सोमबार निधन भएको छ।

८१ वर्षको उमेरमा उनको निधन भएको हो । गिरीश कर्नाडले सन् १९७० मा कन्नड चलचित्र ‘संस्कार’बाट आफ्नो फिल्मी करिअर सुरु गरेका थिए । उनले आफ्नो पहिलो चलचित्रका लागि नै राष्ट्रपति गोल्डेन लोटस पुरस्कार प्राप्त गरेका थिए । उपन्यासकार आरे नारायणको पुस्तकका आधारित टीभी सिरियल ‘मालगुडी डेज’ मा उनले स्वामीको पिताको भूमिका निर्वाह गरेका थिए । दूरदर्शनले प्रसारण गरेको यो सिरियल आजको दिनमा पनि उत्तिकै चर्चित रहेको छ ।

Advertisement

सन् १९९० को सुरुवातमा विज्ञानमा आधारित एक टेलिभिजन कार्यक्रम उनले सञ्चालन गरे । तत्कालीन समयमा यो निकै नै रुचाइएको विज्ञान कार्यक्रम थियो। उनको अन्तिम फिल्म कन्नड भाषामा बनेको चलचित्र ‘आफ्नो देश’ थियो । जुन गएको अगष्ट २६ मा रिलिज भएको थियो। त्यस्तै बलिउडमा भने ‘टाइगर जिन्दा हे’ नै उनको अन्तिम चलचित्र थियो।

सन् २०१७ मा रिलिज भएको यस चलचित्रमा उनले डाक्टर शेनोयको भूमिका निर्वाह गरेका थिए। उनका पसिद्ध कन्नड चलचित्रमा ‘तब्बालियू मगाने’, ‘ओंदानोंदु कलादाली’, ‘चेलुवी’, ‘कादु’लगायतका रहेका छन् । त्यस्तै हिन्दीमा ‘निशान्त’, ‘मन्थन’, ‘पुकार’ ‘एक था टाइगर’ तथा ‘टाइगर जिन्दा हे’ लगायतका चलचित्रमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन ।

Advertisement

कर्नाड कन्नड तथा अंग्रेजी दुवै भाषामा पोख्त थिए। उनले पहिलो नाटक कन्नड भाषामा लेखेका थिए। पछि त्यसलाई उनले अंग्रेजीमा अनुवाद गरेका थिए । साथै उनका नाटक ‘ययाति’, ‘तुगलक’, ‘हयवदन’, ‘नागमण्डल’ लगायत रहेका छन । गिरीश कर्नाडको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतका राजनीतिज्ञ तथा विभिन्न कलाकार तथा लेखकले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top