डेंगु प्रभावित क्षेत्रमा प्रदेश सरकारले दियो ५० लाख रुपैयाँ नीति तथा कार्यक्रम माथिको छलफल सकियो

२७ जेठ, विराटनगर
धरानमा डेंगुको महामारी फैलिएर नियन्त्रण बाहिर गएपछि प्रदेश १ सरकारले डेंगु महामारी नियन्त्रणका लागि प्रभावित क्षेत्रका लागि दुइ थान भेन्टिलेटर सहित ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेश १ को सोमबारको सदनमा मुख्य मन्त्री शेरधन राईले सक्रमितको निशुल्क उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत खर्च गर्ने गरी ५० लाख र महामारी न्यूनीकरण अभियान सञ्चालन गर्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए । प्रदेश आपत्कालीन उद्धार कोष अन्तर्गत प्रदेश सरकारले बजेट तत्काल निकासा हुने गरी विनियोजन गरेको मुख्यमन्त्री राईले बताए । धरानमा डेङ्गु सक्रमितको सख्या ३ सय ६८ पुगेको छ । बीपी प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा विकास साहका अनुसार १ हजार २ सय ३० जनाको रगत जाँच गरिएको मध्ये ३ सय ६८ जनामा डेङ्गुको भाइरस फेला परेको हो । प्रतिष्ठानमा सोमबार पनि ५४ जना डेंगुका नयाँ संक्रमित थपिएका छन् ।

यस्तै मुख्यमन्त्री राईले सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका छन । उनले छुटेका विषय नीति तथा कार्यक्रममा समेट्ने आश्वासन दिँदै तराई पहाडबीच नीतिगत विभेद भयो कि भन्ने सांसदको जिज्ञासा आगामी बजेटले मेट्ने बताए । यस्तै सांसद विकास कोष स्थापना गरेर ९३ जनै सांसदहरुले आवश्यक बजेट विनियोजन गर्ने पनि उनले बताए । यस्तै प्रदेशसभाको शून्य समय लिएर बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले पत्रकारलाई मार्नेसम्मका धम्की दिएर विज्ञप्ति निकाल्दैमा छुट हुन नहुने बताए ।

Advertisement

उनले नेकपाको कार्यकर्ता हुँदैमा र नेताहरुको नाम लिँदैमा सजायबाट उम्कन नहुने बताए । यसैबीच प्रदेशसभामा प्रदेश सरकारको तर्फबाट प्रस्तुत नीति तथा कार्यक्रम माथिको छलफल सकिएको छ । कार्यक्रम मंगलबार पारित हुने कार्यक्रम छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top