एजेन्सी, असार ७
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुनियाँका सबैभन्दा शक्तिशाली नेता बनेका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत पछि पार्दै मोदी दुनियाँका सबैभन्दा शक्तिशाली नेता बनेका हुन् ।
बेलायतको ब्रिटिश हेराल्डको एक सर्वेक्षणमा पाठकहरुको भोटको आधारमा तयार पारेको रिपोर्टमा यस्तो देखाईएको छ । रूसी राष्ट्रपति पुटिन, चिनियाँ राष्ट्रपति शी जिनपिङ्ग समेतका नेताहरु जितेर मोदी सबैभन्दा शक्तिशाली बनेको जनाईएको छ ।