‘दाल भात तरकारी’ ले मनायो ५१ दिन, आँचलले पाइन् आइफोन

८ असार ७६, सोमबार

९ असार, काठमाडौँ ।
चलचित्र ‘दाल भात तरकारी’ ले शनिबार राजधानीका तीन सिंगल थिएटर गोपीकृष्ण, अष्टनारायण र गुण सिनेमामा प्रदर्शनको ५१ दिन मनाएको छ । ५१ दिन मनाएको अवसरमा निर्माण टिमले आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्राविधिकलाई बोनस र प्रमाण पत्र प्रदान गरेको छ ।

गएको बैशाख २० गतेबाट प्रदर्शन सुरु गरेको सुदन केसी निर्देशित सो फिल्मले मिश्रित प्रतिक्रियाका बाबजुद पनि नेपालबाटै लगानी उठाउन सफल भएको छ । । ‘दाल भात तरकारी’ ले नेपालमा ६ करोडको व्यापार गरेको रिपोर्ट प्राप्त छ ।

फिल्मको सफलताको पार्टीमा कलाकार, हल सञ्चालक, वितरक र प्रायोजकहरुलाई पनि प्रमाण पत्र वितरण गरिएको थियो । वितरक कम्पनी एफडी कम्पनी र वि.के फिल्मस्ले संयुक्त रुपमा निर्देशक सुदन केसीलाई सम्मान पत्र हस्तान्तरण गरे । भने, गोपीकृष्ण मुभिजले फिल्मको टिमलाई सम्मान पत्र प्रदान र्गयो ।

Advertisement

फिल्मको ५१ दिने सफलताको कार्यक्रममा सबैभन्दा महँगो उपहार अभिनेत्री आँचल शर्माले पाइन् । उनलाई निर्माण टिमले आइफोनको लेटेस्ट भर्सन दिएको थियो । निर्माता किरण केसीले आँचलले फिल्मले ५१ दिन मनाएको खण्डमा आइफोन दिनुपर्ने भनेकाले प्रदान गरेको बताए । फिल्म मह सञ्चारको ब्यानरमा निर्माण भएको थियो ।

Advertisement

फिल्ममा हरिबंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, शिशिर बाङ्देल, मोहितबंश आचार्यलगायतका कलाकारहरुको अभिनय छ । अमेरिका मोहले ग्रसित एक परिवारको कथामा फिल्म आधारित छ । फिल्मको ५१ दिने सेलिब्रेसन कार्यक्रममा भुवन केसी, करिश्मा मानन्धर, रमेश उप्रेती, निर्मल शर्मा, प्रदीप भट्टराईलगायतका फिल्मकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै निर्माता किरण केसीले फिल्मलाई मिलेको राम्रो/नराम्रो दुबैखाले प्रतिक्रियालाई आत्मसात् गरेको बताए । उनले भने ‘हामीले रंगमञ्चलाई फिल्मी शैलीमा ढाल्ने एउटा प्रयास गरेका थियौं । त्यसमा हामी केही प्रतिशत चुक्यौं । राम्रोरनराम्रो दुबैखाले प्रतिक्रिया दिनुहुने दर्शकप्रति म नमन गर्न चाहन्छु । अर्को पटक अझ मेहनत गर्नेछौं ।’

चाँडै मह सञ्चारले नयाँ फिल्मको घोषणा गर्ने पनि उनले बताए । कलाकार हरिबंश आचार्य भने ‘दाल भात तरकारी’ लाई लिएर भएको आलोचनाको सम्पूर्ण जिम्मा आफूले लिने बताउँछन् । फिल्मको पटकथा र संवाद समेत आफैंले लेखेका उनी भन्छन्, ‘यसपटक ५१ प्रतिशत आलोचना र ४९ प्रतिशत खुसी मिलेको छ । यसको सम्पूर्ण जिम्मेवारी म लिन्छु । फिल्म बनाउनु भनेको जाँच दिनु सरह हो । कहिले पास भइन्छ त कहिले फेल । ’

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top