असार १६ देखि प्रदेश १ मा मुख्यमन्त्री कप, फाइनल खेल विराटनगरमा

९ असार, विराटनगर ।
प्रदेश १ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता यही असार १६ गतेदेखि सुरु हुने भएको छ । सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिइएको हो ।

सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ को सहयोगमा अखिल नेपाल फुटबल संघको आयोजनामा पहिलो पटक प्रदेश स्तरीय लिग हुन लागेको एन्फाका सचिव किरण राईले जानकारी दिए ।

प्रदेश १ भित्रका १४ वटै जिल्ला समावेश खेल तिनवटा स्थानमा उद्घाटन खेल हुनेछ । जसमा उदयपुरको गाइघाटमा १६ गते देखि खेल सुरु हुनेछ । मोरङ, उदयपुर,सोलुखुम्बु खोटाङ र ओखलढुंगाबीचको खेल गाइघाटमा हुने राईले जानकारी दिए ।

Advertisement

यसैगरी सुनसरीको धरानमा १७ गतेदेखि तेह्रथुम, धनकुटा , भोजपुर ,संखुवासभा र सुनसरीबीच खेल हुनेछ । यसैगरी १८ गते इलाममा खेल हुनेछ । इलाममा हुने खेलमा झापा, पाँचथर, इलाम र ताप्लेजुङबीच खेल हुनेछ ।

एन्फाको ३३ लाख र प्रदेश सरकारको १ करोडको लागतमा हुने खेलमा ३३ वटा जम्मा म्याच हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । तयारी स्वरुप प्रत्येक क्लबलाई ५० हजार र १५ थान फुटबल प्रदान गर्ने राईले जानकारी दिए ।

Advertisement

३ स्थानमा भएको खेलबाट ६ टिम छनौट भएर विराटनगरमा फाइनल खेल हुनेछ । यद्यपी मिति भने फाइनल खेलको टुङो लागेको छैन । पहिलो पुरस्कार ५ लाख, दोस्रो पुरस्कार ३ लाख, तेस्रो , चोथो, पाँचौ र छैटो प्रत्येक टिमलाई ७५ हजार पुरस्कार राखिएको छ ।

यस्तै दुर्नामेन्टको उत्कृष्ट खेलाडीलाई १ लाख दिइने छ भने म्यान अफ द म्याच लाई ५ हजार , फाइनलको म्यान अफ द म्याचलाई १० हजार र विभिन्न ६ वटा विद्याका खेलाडीहरुलाई २५ हजार प्रदान गरिने छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top