यी हुन् बालुवाटारकाे २९९ राेपनी जग्गा खाने ८६ परिवार, अख्तियारले बाेलायाे २ नम्बरमा

१० असार ७६, बुधबार

११ असार, काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोजले बालुवाटार जग्गा विवाद प्रकरणमा ८६ परिवारसँग बयान लिने भएको छ । आयोगले बुधबार सार्वजनिक सूचना प्रकाशित गरी उनीहरुलाई ७ दिनभित्र अख्तियारको दुई नम्बर अनुसन्धान महाशाखामा आई बयान दिन निर्देशन दिएको छ ।

बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय काठमाडौं, डिल्लिबजारका कर्मचारीहरुसँगको मिलोमतोमा विभिन्न मितिमा गैरकानुनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनधिकृत व्यक्तिहरुलाई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरेको उजुरीको अनुसन्धानका सिलसिलामा उनीहरु माथि छानविन गर्न लागिएको अख्तियारले जनाएको छ ।

Advertisement

सरकारले प्रचतिल कानुन बमोजिमको मुआब्जा समेत दिई अधिग्रहण गरिलिएको साविकको हाँडीगाउँ मौजा हा.नं. ४५६ लगत भिड्ने लतिल निवास क्याप्पभित्र पर्ने काठमाडौं जग्गा गैरकानुनी रुपमा किबेच भएको विषयमा ठूलो विवाद छ ।

अख्तियारले बयानका लागि बोलाएका व्यक्तिमा चर्चित व्यवसायी मिनबहादुर गुरुङ, उनका छोरा कल्याण गुरुङ, निर्माण व्यवसायी कैलाश चन्द्र गोयल, कुमारी बैंकका पूर्व सञ्चालक शोभाकान्त ढकाल सहित छन् ।

Advertisement

सबैभन्दा बढी जग्गा कारोबारमा बोटुटोलका नाति मर्हजन मुछिएका छन् । विवादित अधिकांशकाे तीन पुस्ते विवरण सार्वजनिक गरिएकाे छ । बयान दिन नआए कानुन बमोजिम कारवाही गर्ने अख्तियारको भनाई छ ।

बयानका लागि बाेलाइएकाे व्यक्तिहरूकाे सूचि निम्नअनुसार रहेकाे छ ।

(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top