‘निजामति सेवाको पदपूर्तिमा शतप्रतिशतलाई भागवण्डा गर्न सकिँदैन’

११ असार, काठमाडौँ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय निजामति सेवाको पदपुर्तिका लागि सतप्रतिशतलाई भागवण्डा गर्न नसकिने बताएका छन् । संघीय संसद, प्रतिनिधीसभा अन्र्तगत राज्यव्यवस्था तथा शुसासन समितिको बुधबारको बैठकमा उनले ५५ र ४५ प्रतिशतको आधार भित्रबाटै छलफल गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।

संघीय निजामती सेवाको पदपूर्तिका क्रममा संंविधानले व्यवस्था गरे अनुसार समावेशी समानुपातिक प्रतिनिधित्व गराउनै पर्ने विषय धेरै संवेदनशिल विषय भएपछि तत्काल सतप्रतिशतलाई भागवण्डा गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारे । प्रदेश र स्थानीय तहका एक एक पदलाई लिएर कुनै पनि धारणामा अडिक नरहन पनि उनले आग्रह गरे ।

उनले भने “यो बडो सेन्सेटिभ विषय पनि हो । अहिले सय मा सय प्रतिशतलाई भागवण्डा गरेर जन सकिने स्थिति छैन । ५५ र ४५ को भित्र व्यापक छलफल गरेर प्रतिशत निर्धारण गरेर सहमतिमा पुगन सक्यौ त्यत्ति राम्रो हुन्छ । धेरै यसमा वाद विवाद र धेरै तितो पिरो गरेर जानुपर्ने स्थिति छैन । यसमा धेरै रिजिट बन्नुपर्ने स्थिति पनि छैन ।

Advertisement

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको बुँदा ८ अन्र्तगत संघीय निजामती सेवाको पदपूतिको विषयमा समितिले विभागिय मन्त्रालयसंग छलफल गरेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top