×

NEPAL TIMES UPDATES

Playing
१५औं महाधिवेशन मिति तोक्न कांग्रेसले डाक्यो बैठक|| Nepal Times
Mar 23, 2026
Playing
यु द्ध कै बीच इरानको अत्यधिक कमाइ, खाडी देशहरू भने अप्ठ्यारोमा || Nepal Times
Mar 23, 2026
Playing
इरानले अमेरिकी एफ–१५ फाइटरलाई निशाना बनाएको हो ?|| Nepal Times
Mar 23, 2026
Playing
‘धागो’ बनेर एकता बुनेका रवि–बालेन बीच लुकेका जोखिमहरू || Nepal Times
Mar 23, 2026
Playing
माननीयहरुको तलबसहितको सुविधा कति हुन्छ ? बाटो खर्च र खाजापनि || Nepal Times
Mar 23, 2026
Playing
चुनाव सम्पन्न गर्न मौसमविदहरु पर्दा पछाडिको हिरो || Nepal Times
Mar 23, 2026
Playing
Pakistan मा शिया समुदाय किन भड्कियो ? || Nepal Times
Mar 23, 2026
Playing
World News: न्यूयोर्कमा क्यानडेली विमान दु र्घ टना, बिरालो पाल्न नपाउँदा आ त्म ह त्या || Nepal Times
Mar 23, 2026
Playing
होर्मुजबाट जहाजहरू पार गर्न २० लाख डलर असुल्दै Iran ? || Nepal Times
Mar 23, 2026
Playing
समुद्रबाटै इरानको कब्जामा पुगेका नेपालीको रिहाइको माग || Nepal Times
Mar 23, 2026

प्रदेश १ मा १० हजार बजेटका १ हजार योजना

१४ असार २०७६

१४ असार, काठमाडौँ ।
प्रदेश १ सरकारले रातो किताब मोटो पार्न जथाभावी योजना समावेश गरेको र १० हजार रुपैयाँ राखेर पनि बजेट छुट्याएको भन्दै सांसदहरुले आलोचना गरेका छन् । १ नम्बर प्रदेशसभामा सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक माथिको छलफलका क्रममा भाग लिने सांसदहरुले सरकारले रातो किताब मोटो पार्न जथाभावी योजना समावेश गरेको र १० हजार रुपैयाँ राखेर पनि बजेट छुट्याएको भन्दै आलोचना गरेका हुन् ।

यस्तै सांसद प्रतापप्रकाश हाङमाङले ताप्लेजुङमा मात्रै १० हजार रुपैयाँ बजेट छुट्याएका योजना १० वटा भएको भन्दै त्यस्तो कसरी भएको भन्ने प्रश्न गरे ? उनले न्यूनतम बजेट विनियोजन गर्दा प्रदेश सरकारले १० लाख भन्दा कमका छुट्याउनु नहुनेमा जोड दिए ।

Advertisement

संसदमा बोल्दै सांसद विष्णुमाया तुम्बाहाम्फेले रातो किताबबाट आफू निराश भएको बताइन् । बजेट र योजनाहरुले सुखी र समुन्नत प्रदेश निर्माणका साथै समाजवाद उन्मुख समाज तयार पार्ने भनिएको भएपनि त्यो लक्ष्य हासिल हुने खालको भने नरहेको उनले बताइन् ।

यस्तै सांसद लोकप्रसाद संग्रौलाले रातो किताब महाभारतकै साइजमा निकालिएको भएपनि प्रदेशलाई गौरव गर्ने खालका कुनै पनि काम नदेखिएको बताए । उनले प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले आफ्नो नेतृत्वको क्षमता देखाउन नसकेको आरोप लगाए ।

छलफलका क्रममा सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शेरधन राईले भने १० हजार रुपैयाँ राखेका झण्डै १ हजार योजना रातो किताबमा रहेको बताए । त्यसो गर्नुको कारण सबै सांसदहरुको माग सम्बोधन गर्नु भएको र आगामी वर्षमा आवश्यकता र औचित्यका आधारमा बजेट छुट्याउने बताए ।

प्रदेशसभा बैठकमा विनियोजन विधेयकमा राखिएका मुख्यमन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसँग सम्बन्धीत शीर्षकमाथिको छलफल सकिएको छ । प्रदेशसभाको अर्को बैठक आइतबार दिउँसो १ बजे बस्नेछ ।

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top