×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

हिसान स्पोर्टस् मिटमा क्रिकेटको उपाधि कान्तिपुर कलेजलाई

१६ माघ २०७४

विराटनगर, १६
विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस् मिट अन्तर्गत सोमबार सम्पन्न भएको क्रिकेटतर्फको उपाधि विराटनगरमा रहेको कान्तिपुर कलेजले जितेको छ ।

हिसान मोरङको आयोजनामा विराटनगरमा भएको क्रिकेटमा कान्तिपुर कलेजले शिक्षादीप कलेजलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

Advertisement
Advertisement

टस जितेर पहिलो ब्याटिङ गरेको शिक्षादीपले १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ७४ रनको योगफल तयार पार्न भयोे । जसमा उत्सव बरालले १३ र शीर्षक काफ्लेले ९ रन बनाए । बलिङमा कान्तिपुरका सन्दिर रजक, विजय यादव, कपिल मण्डल र सुरज यादवले समान २–२ विकेट लिए ।

७५ रनको विजयी लक्ष्य पाएको कान्तिपुरले १५ ओभर ५ बल खेल्दै ७ विकेटको क्षतिमा ७५ रन बनाउँदै लक्ष्य पार गरेको थियो । जसमा बबलु राजवंशीले १४ र सुरज यादवले १२ रन बनाए । बलिङमा शिक्षादीपका शुभम यादवले ३ विकेट लिए । म्यान अफ द म्याच कान्तिपुरका सुरज यादव घोषित भए ।

भलिबलको फाइनलमा अरनीको र रेडस्टार

त्यस्तै विराटनगरको कोशी क्याम्पसनमा सोमबार भएको महिलातर्फको भलिबलमा अरनीको र पथरीशनिश्चरेमा रहेको रेडस्टार विजयी भइ फाइनलमा प्रवेश गरेको छ । मंगलबार हुने फाइनलमा यी दुई कलेजबिच प्रतिस्पर्धा हुनेछ ।

महिलातर्फको भलिबलको पहिलो खेलमा कोशी कलेजलाई अरनीले २५–१८, २५–१९ को सोझो सेटले पराजित गरी अरनीको फाइनलमा प्रवेश गरेको गर्यो ।

सोही दिन भएको दोस्रो खेलमा शिक्षादीपलाई पथरीमा रहेको रेडस्टारले २५–२०, २५–७ को सोझो सेटले पराजित गरी रेडस्टार फाइनलमा प्रवेश गरेको हो ।

पुरुषतर्फको भलिबलको फाइनल मंगलबार मोर्डन एरा र कान्तिपुर कलेज बिच प्रतिस्पर्धा हुने छ ।

फुटबलमा ग्रिनल्याण्ड र मेरील्याण्ड फाइनलमा

स्थानिय सहिद रङगशालमा भएको फुटबलमा ग्रिनल्याण्ड र मेरील्याण्ड कलेज विजयी भइ फाइलनमा प्रवेश गरेको छ । उक्त प्रतियोगिताको मंगलबार हुने फाइनलमा ग्रिनल्याण्ड र मेरील्याण्ड बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा अरनीको कलेजलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गरी ग्रीनल्याण्ड कलेज फाइनलमा प्रवेश गर्यो । जितको लागि ग्रिनल्याण्डका सरध राई र पेमा गुरुङले २÷२ गोल गरे भने सविन माझीले एक गोल गरे । खेलको म्यान अफ द म्याच ग्रिनल्याण्डका पेमा गुरुङ घोषित भए ।

निकै रोमान्चक भएको दोस्रो खेलमा टाइब्रेकरमा मेरील्याण्ड कलेज विजयी भइ फाइनलमा प्रवेश गरेको छ । लर्डबुद्ध कलेजलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरी मेरील्याण्ड फाइनलमा प्रवेश गरेको हो ।

Advertisement

निधारीत समयसम्म गोल रहित बरावरी भएपछि टाइब्रेकरबाट निर्णय भयो । टाईब्रेकरमा मेरील्याण्डका रीसव अधिकारी, स्वीकार भट्टराई, चन्दन मारीक र करण सुनवारले गोल गरे । लर्डबुद्धका अजय कार्की र विनेस तुलाधारले मात्र गोल गरेका थिए । खेलको म्यान अफ द म्याच मेरील्याण्डका करण सुनवार घोषित भए ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top