विराटनगर, १६
विराटनगरमा जारी ८ औं हिसान स्पोर्टस् मिट अन्तर्गत सोमबार सम्पन्न भएको क्रिकेटतर्फको उपाधि विराटनगरमा रहेको कान्तिपुर कलेजले जितेको छ ।
हिसान मोरङको आयोजनामा विराटनगरमा भएको क्रिकेटमा कान्तिपुर कलेजले शिक्षादीप कलेजलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
टस जितेर पहिलो ब्याटिङ गरेको शिक्षादीपले १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ७४ रनको योगफल तयार पार्न भयोे । जसमा उत्सव बरालले १३ र शीर्षक काफ्लेले ९ रन बनाए । बलिङमा कान्तिपुरका सन्दिर रजक, विजय यादव, कपिल मण्डल र सुरज यादवले समान २–२ विकेट लिए ।
७५ रनको विजयी लक्ष्य पाएको कान्तिपुरले १५ ओभर ५ बल खेल्दै ७ विकेटको क्षतिमा ७५ रन बनाउँदै लक्ष्य पार गरेको थियो । जसमा बबलु राजवंशीले १४ र सुरज यादवले १२ रन बनाए । बलिङमा शिक्षादीपका शुभम यादवले ३ विकेट लिए । म्यान अफ द म्याच कान्तिपुरका सुरज यादव घोषित भए ।
भलिबलको फाइनलमा अरनीको र रेडस्टार
त्यस्तै विराटनगरको कोशी क्याम्पसनमा सोमबार भएको महिलातर्फको भलिबलमा अरनीको र पथरीशनिश्चरेमा रहेको रेडस्टार विजयी भइ फाइनलमा प्रवेश गरेको छ । मंगलबार हुने फाइनलमा यी दुई कलेजबिच प्रतिस्पर्धा हुनेछ ।
महिलातर्फको भलिबलको पहिलो खेलमा कोशी कलेजलाई अरनीले २५–१८, २५–१९ को सोझो सेटले पराजित गरी अरनीको फाइनलमा प्रवेश गरेको गर्यो ।
सोही दिन भएको दोस्रो खेलमा शिक्षादीपलाई पथरीमा रहेको रेडस्टारले २५–२०, २५–७ को सोझो सेटले पराजित गरी रेडस्टार फाइनलमा प्रवेश गरेको हो ।
पुरुषतर्फको भलिबलको फाइनल मंगलबार मोर्डन एरा र कान्तिपुर कलेज बिच प्रतिस्पर्धा हुने छ ।
फुटबलमा ग्रिनल्याण्ड र मेरील्याण्ड फाइनलमा
स्थानिय सहिद रङगशालमा भएको फुटबलमा ग्रिनल्याण्ड र मेरील्याण्ड कलेज विजयी भइ फाइलनमा प्रवेश गरेको छ । उक्त प्रतियोगिताको मंगलबार हुने फाइनलमा ग्रिनल्याण्ड र मेरील्याण्ड बिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको पहिलो खेलमा अरनीको कलेजलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गरी ग्रीनल्याण्ड कलेज फाइनलमा प्रवेश गर्यो । जितको लागि ग्रिनल्याण्डका सरध राई र पेमा गुरुङले २÷२ गोल गरे भने सविन माझीले एक गोल गरे । खेलको म्यान अफ द म्याच ग्रिनल्याण्डका पेमा गुरुङ घोषित भए ।
निकै रोमान्चक भएको दोस्रो खेलमा टाइब्रेकरमा मेरील्याण्ड कलेज विजयी भइ फाइनलमा प्रवेश गरेको छ । लर्डबुद्ध कलेजलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरी मेरील्याण्ड फाइनलमा प्रवेश गरेको हो ।
निधारीत समयसम्म गोल रहित बरावरी भएपछि टाइब्रेकरबाट निर्णय भयो । टाईब्रेकरमा मेरील्याण्डका रीसव अधिकारी, स्वीकार भट्टराई, चन्दन मारीक र करण सुनवारले गोल गरे । लर्डबुद्धका अजय कार्की र विनेस तुलाधारले मात्र गोल गरेका थिए । खेलको म्यान अफ द म्याच मेरील्याण्डका करण सुनवार घोषित भए ।