×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
‘बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्‘ || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

गृहमन्त्रीले गरे हजयात्रीको विदाई

२ श्रावण २०७६

२ साउन ,काठमाडौँ ।
गृहमन्त्री रामबहादुर थापाले साउदी अरवको मक्का मदिनामा जाने हजयात्रीहरुलाई बिदाई गरेका छन् । गृहमन्त्री थापाले बिहीबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हजयात्रा गर्न जाने १ सय ५६ जना हजयात्रीहरुलाई बिदाई गरेका हुन् ।

पहिलो चरणमा जाने हजयात्रीहरुलाई गृहमन्त्री थापाले विदाई गर्दै मक्का मदिनामा गएर नेपालको समृद्धिको कामना गर्न पनि अपिल गरे ।उनले धर्म निरपेक्ष राष्ट्र नेपालले सबै धर्मको सम्मान र संरक्षण गर्ने भएकाले मुस्लिम समुदायलाई पनि हजयात्राका लागि पठाइएको पनि स्पष्ट पारे । गृहमन्त्री थापाले सो हजयात्राको माध्यामबाट पनि नेपालको पहिचान विश्वमा बढाउन सघाउ पुग्ने विश्वास पनि व्यक्त गरे ।

Advertisement
Advertisement

हजयात्रीहरुलाई विदाई गर्न परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईसहितको पनि उपस्थिति रहेको थियो । विगत ८ वर्षयता सरकारको व्यवस्थापनमा नेपालबाट पनि हज गर्न मक्कामदिना पठाउने गरिएको छ । यस वर्ष सरकारले साउदी अरेविया सरकारको आग्रहमा ३ सय जना थप गरी १ हजार ५ सय जनालाई हजयात्राका लागि पठाएको छ ।

Advertisement

गृहमन्त्री थापाले यस वर्ष थप ३ सय गरी १ हजार ५ सय हजयात्राका लागि पठाउने र आगामी वर्षहरुमा हजयात्रीहरुको संख्या बढाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे । गत वर्ष सरकारले १ हजार २ सय जनालाई हजयात्राका लागि मक्कामदिना पठाएको थियो । मुस्लिम समुदायको पवित्र तीर्थस्थलको रुपमा रहेको मक्कामदिनामा विश्वभरका मुस्लिम समुदाय हज गर्न जाने गर्दछन् ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top