२०४४ सालपछि थपिएनन् औद्योगिक क्षेत्र, उद्योग खोल्न जमिन अभाव

२ साउन, काठमाडौँ ।

Advertisement

पूर्वाधारयुक्त औद्योगिक क्षेत्रको बिस्तार हुन नसक्दा अव्यवस्थित रुपमा उद्योगहरु स्थापना भइरहेका छन् । २०४४ सालदेखि औद्योगिक क्षेत्र थप हुन नसकेको हो ।

नेपालमा बालाजु, हेटौँडा, पाटन, नेपालगञ्ज, धरान, पोखरा, बुटवल, वीरेन्द्रनगर, भक्तपुर र गजेन्द्रनारायण सिंह गरी १० वटा औद्योगिक क्षेत्र सञ्चालनमा रहेका छन् । ५९०७ रोपनी क्षेत्रमा फैलिएका ती औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि अहिले जमिनको अभाव छ । तर, थप औद्योगिक क्षेत्र सञ्चालन हुन सकेको छैन ।

Advertisement

७०० उद्योगमा २१ हजारलाई रोजगारी
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड स्थापनको ३१ वर्ष पूरा गरी ३२ वर्ष प्रवेश गरेको अवसरमा बुधबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १० औद्योगिक क्षेत्रमा ७०० उद्योग सञ्चालित छन् । ती उद्योगहरुमा २१ हजार भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् भने ५० हजार बढीले अप्रत्यक्ष रोजगारीको अवसर पाइरहेका छन् । ती उद्योगले राज्यलाई वार्षिक २५ अर्ब रुपैयाँ राजश्व बुझाउँदै आएका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार प्रदेश १ को झापा(दमक) मा १४२२ हेक्टर, प्रदेश ३ को मकवानपुर(मयुरधाप)मा १३५ हेक्टर र चितवन(शक्तिखोर) मा ११७८ हेक्टर, प्रदेश ५ को रुपन्देही(मोतिपुर)मा ५५० हेक्टर र बाँके(नौवस्ता)मा २२८ हेक्टर र सुदूरपश्चिम प्रदेशको कञ्चनपुर (दैजी)मा १९८.७३ हेक्टरमा औद्योगिक क्षेत्र बिस्तारको कार्य योजना रहेको छ ।

Advertisement

मयुरधाप, मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको डीपीआर स्वीकृत भइसकेको छ । त्यसैगरी दैजी, शक्तिखोर र कैलालीको लम्की औद्योगिक क्षेत्रको डीपीआरको ड्राफ्ट सञ्चालन समितिले स्वीकृत गरेको छ । यी क्षेत्रमा यसवर्ष आधारभूत पूर्वाधार निर्माण गरिने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलाले बताए ।

सर्लाहीको सागरनाथ(२०३१ हेक्टर), दाङको लक्ष्मीपुर(३०७.८२ हेक्टर), कैलालीको लम्की(७४५ हेक्टर), तनहुँको चिन्तुटार(२५४.३७ हेक्टर) र दैलेखको चुप्रा(१३५.४५ हेक्टर)को संभाव्यता अध्ययन, डीपीआर र इआइए तयारीको अवस्थामा रहेको महाप्रबन्धक सिटौलाले जानकारी दिए । महाप्रबन्धक सिटौलाले भने–थप ११ वटा औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि त्यहाँ स्थापना हुने उद्योगहरुमा करीब १० लाखले रोजगारी पाउने छन् ।’

२०१६ सालमा पहिलो बालाजु औद्योगिक क्षेत्र स्थापना
उद्योग स्थापना गर्न आवश्यक पूर्वाधार एउटै स्थानमा उपलब्ध गराई उद्योगहरु प्रबद्र्धन गर्न नेपाल सरकारबाट २०१६ सालमा संयुक्त राज्य अमेरिकाको प्राविधिक तथा आर्थिक सहयोगमा पहिलो बालाजु औद्योगिक क्षेत्र स्थापना गरी औद्योगिकीकरणको थालनी भएको हो । त्यसपछि अन्य देशहरुको आर्थिक तथा प्राविधिक सहयोगमा ८ वटा औद्योगिक क्षेत्र र नेपाल सरकारको आफ्नै श्रोत साधनमा २ वटा औद्योगिक क्षेत्र स्थापना भएका हुन् ।

शुरुवातमा बालाजु र हेटौँडा औद्योगिक क्षेत्र तत्कालीन नेपाल औद्योगिक विकास निगमबाट सञ्चालन तथा व्यवस्थापन भएको थियो । भारत सरकारको आर्थिक सहयोगमा निर्मित औद्योगिक क्षेत्रहरु आयोजनाको रुपमा उद्योग विभागबाट सञ्चालन तथा व्यवस्थापन हुने गरेको थियो ।

औद्योगिक क्षेत्रभित्र स्थापना हुने उद्योगहरुको सम्भाव्यता अध्ययन गर्न र औद्योगिक क्षेत्रहरु सञ्चालन तथा व्यवस्थापन गर्न नेपाल सरकारले २०३१ सालमा विकास समिति अन्तरगत औद्योगिक सेवा केन्द्र स्थापना भएको थियो ।

२०१६ सालदेखि २०४४ सालसम्म निर्मित १० वटा औद्योगिक क्षेत्रहरु केन्द्र मातहत सञ्चालन हुँदै आएकोमा २०४५ साल जेठमा राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लिमिटेड र औद्योगिक क्षेत्रकरुलाई अझै व्यवस्थित रुपमा सञ्चालन तथा व्यवस्थापन गर्न औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड स्थापना भएको हो ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top