×

NEPAL TIMES UPDATES

Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026

‘नेपाली स्याट–१’ ले सूर्य र पृथ्वीको तस्वीर खिच्यो

२२ श्रावण २०७६

२२ साउन, काठमाडौँ ।

देशको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ ले पहिलो पटक सूर्य र पृथ्वीको तस्वीर खिचेको छ । गत वैशाख ४ गते प्रक्षेपण गरिएको सो भूउपग्रहले खिचेका तस्वीर दुई हप्ता अघि जापानको शिक्षा मन्त्रालयले अनुमति दिएपछि सार्वजनिक गरिएका छन् ।

नेपालले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) मा सूचना प्रवाह गर्ने माध्यम ‘ग्राउण्ड स्टेशन’ निर्माणको काम समयमै गर्न नसकेकाले उक्त कुराको जानकारी जापानस्थित क्युटेक विश्वविद्यालयमा हाल अध्ययनरत नेपाली विद्यार्थी हरिराम श्रेष्ठले नाष्टका वैज्ञानिकलाई जानकारी गराएका हुन् । पहिलो पटक नेपाली स्याट–१ ले खिचेका सो तस्वीर केही धमिलो कैद भएका नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए ।

‘आकाशमा बादल लागेको र बढी घाम लागेका बेला भूउपग्रहले धमिलो तस्वीर कैद गर्ने गर्छ’, उनले भने, ‘नेपालमा ‘ग्राउण्ड स्टेशन’ निर्माण नभइसकेकाले जापानको क्युटेक विश्वविद्यालयले सो कुराको जानकारी हामीलाई गराएको हो ।’ नेपाली स्याट–१ ले सूर्य र पृथ्वीका तस्वीरका अलवा चीन र भारत सिमानाका तस्वीर पनि कैद गरिसकेको बताइएको छ ।

अनुभवी दक्ष जनशक्तिको अभाव, प्रशासनिक विधि र सार्वजनिक खरीद ऐनमा समय खर्च गर्नुपरेकाले नाष्टमा समयमै ग्राउण्ड स्टेशन निर्माण गर्न नसकिएको ढकालले जानकारी दिए । नेपालमा ग्राउण्ड स्टेशन निर्माणमा ढिलाइ भएसँगै देशले आफ्नो भूउपग्रहबाट समयमै आवश्यक सूचना प्राप्त गर्न सकेको छैन । नेपालमै नेपाली स्याट–१ बाट सूचना प्राप्त गर्न नाष्टले आउँदो शुक्रबारसम्ममा ग्राउण्ड स्टेशन निर्माण सम्पन्न गर्ने जानकारी गराएको छ ।

नाष्टमा ग्राउण्ड स्टेशन निर्माणका लागि सात देशबाट सामग्री सङ्कलन गर्नुपरेको ढकालले बताए । उनले भने, ‘नाष्टको कार्यालयभित्र ऐन्टेना जडान गरिसकेपछि त्यसमा प्राविधिक समस्या भएन भने अबको एक हप्तामा सो भूउपग्रहबाट सूचना लिन सक्नेछौँ ।’ नाष्टले ग्राउण्ड स्टेशन निर्माणका लागि अनुमतिपत्र लिनुपरेकाले त्यसमा केही दिन समय खर्च गर्नुपरेको हो । नेपाली स्याट–१ सँग निरन्तर दुईदेखि तीन वर्ष तस्वीर सङ्कलन गर्न सक्ने क्षमता छ । नाष्टले जापानको बर्डस परियोजनालाई भविष्यमा निरन्तरता दिन लागि पर्ने जानकारी गराएको छ ।

नेपाली स्याट–१ प्रशान्त महासागरमा

नेपालले निर्माण गरेको नेपाली स्याट–१ एशिया काटेर अमेरिकाको प्रसान्त महासागरमा आज आइपुगेको नाष्टका सहायक अनुसन्धानकर्ता दिबोध लामिछानेले जानकारी दिए । ‘सो भूउपग्रह आज तीन पटक नेपाली आकाशमा आउने छ’, उनले भने, ‘दिउँसो १२ः५२ मा आएर १२ः५७ सम्म बस्यो, त्यसैगरी साँझ ७ः२५ मा आएर ७ः३० सम्म बसी पुनः राति ९ः०२ मा आएर ९ः०७ सम्म बस्ने भएको छ ।’ सो भूउपग्रहले पृथ्वीको परिक्रमा ९० मिनेटमा एक पटक गर्ने छ । यसले दैनिक १६ पटक पृथ्वीको परिक्रमा गर्ने बताइएको छ ।

हाल यो भूउपग्रह पृथ्वीबाट ४०० किलोमिटर माथि आकाशमा रहेको नाष्टका वैज्ञानिकको भनाइ छ । सो भूउपग्रहमा पाँच मेगा पिक्सल क्यामेरा जडान गरिएको छ । नेपालसँगै वैशाख ४ गते श्रीलङ्काले ‘रावण–१’ र जापानले ‘युवुसु’ नामक भूउपग्रह प्रक्षेपण गरेका थिए । नेपाल सरकारले सन् २०१७ देखि उक्त भूउपग्रह निर्माणको योजना अघि बढाएको हो ।–सुभानु आचार्य /रासस

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top