‘रातो टिका निधारमा’को पहिलो गीत सार्वजनिक,अंकितसँग रोमान्टिक साम्राज्ञी (भिडियो)

२२ साउन ७६, बिहीबार

२३ साउन, काठमाडौँ ।
भेट्रान निर्देशक अशोक शर्मा निर्देशित फिल्म ‘रातो टीका निधारमा’ को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच ‘मेरो माया के हो ?’ सार्वजनिक गरिएको हो ।

गीतमा फिल्मका प्रमुख अभिनेता अंकित शर्मा र अभिनेत्री साम्राज्ञी आरएल शाह फिचर्ड छन् । गीतले दुईको प्रेम भाव बोल्छ । बसन्त श्रेष्ठ गीतको भिडियोका कोरियोग्राफर हुन् ।

निशान भट्टराई र अस्मिता अधिकारीको संयुक्त गायन रहेको गीतमा कल्याण सिंहको संगीत छ । गीतको शब्द रवि मल्लले सिर्जेका हुन् । पुरुषोत्तम प्रधानले खिचेको गीतको अडियो औसत छ ।

Advertisement

यस वर्षको दशैंमा प्रदर्शन हुने फिल्ममा नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले फिल्मको निर्माण गरेका हुन् । फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत छ ।

निर्देशक शर्माले फिल्मलाई उत्कृष्ट बनाउन आफूले कुनै प्रयास बाँकी नराखेको बताए । यो फिल्ममा प्रमुख भूमिकामा अभिनय गरेका अंकित उनकै छोरा हुन् । अंकितले फिल्ममा आफूले पाएको भूमिकालाई न्याय गर्ने प्रयत्न गरेको बताए । अभिनेत्री साम्राज्ञीले फिल्ममा फरक भूमिका निभाउन पाएकोमा खुसी व्यक्त गरिन् ।

Advertisement

फिल्मका गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् । फिल्मका लागि सहदेव ढुंगाना, डा.कृष्णहरि बराल र रवि. मल्लले गीत लेखेका छन् । निर्देशक शर्माकी छोरी कृति फिल्मकी सहायक निर्देशक हुन् । मित्र देव गुरुङको काँधमा सम्पादनको जिम्मेवारी छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

सम्बन्धित समाचार

Scroll to Top