ताइवानमा ५.९ म्याग्नीच्यूडको भूकम्प

२३ साउन ७६, बिहीबार
Share this
774shares

२३ साउन, ताइपेई।

Advertisement

ताइवानमा बिहीबार आएको ५।९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पका कारण एक महिलाको मृत्यु हुनुका साथै हजारौं घरमा विद्युत आपूर्ति प्रभावित भएको छ ।

बिहीबार बिहानै आएको भूकम्पबाट त्रसित मानिसहरु ताइपेईका सडकमा आएका थिए । घरभित्रको सामानले थिचेर एक ६० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

ताइपेई र छिमेकी यिलानका १० हजारभन्दा बढी घरको विद्युत आपूर्ति बन्द भएको थियो । केही क्षेत्रको रेलसेवा पनि अबरुद्ध भएको थियो । ताइवानमा लेकिमा नामको आँधी पनि नजिकै आइपुगेको मौसम विज्ञान विभागले जनाएको छ ।

गत अप्रिलमा ताइवानको पूर्वी हुवालिनलाई केन्द्र बनाएर ६।१ म्याग्नीच्यूडको भूकम्प गएको थियो । सन् १९९९ मा आएको ७।६ म्याग्नीच्यूडको भूकम्पबाट करिब दुई हजार ४०० जनाको मृत्यु भएको थियो । दुईवटा टेक्टोनिक प्लेटमा रहेको ताइवानमा भूकम्प बारम्बार आइरहने गर्दछ । रासस/एएफपी

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top